default_image

1 year ago

September 27, 2023

एकै खेलमा नेपालका १० दुर्लभ विश्व कीर्तिमान

2016 views

0 Bookmark

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध १० दुर्लभ विश्व कीर्तिमान बनाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो ।

नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । रोहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे ।

जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो । नेपालले एकै खेलमा बनाएका १० दुर्लभ विश्व कीर्तिमान यस प्रकार छन् ।

१० डेथ ओभरमा सर्वाधिक रन

नेपाल टि२० आई डेथ ओभरमा एकै खेलमा सर्वाधिक रन बनाउने टोली बनेको छ । डेथ ओभर अर्थात अन्तिम ५ ओभरमा नेपालले कुल ८९ रन बनाएको थियो । यसअघि इंग्ल्यान्डले २०१९ मा न्युजिल्यान्ड र नर्वेले जमर्नीविरुद्ध डेथ ओभरमा सर्वाधिक ७६ रन बनाएका थिए ।

९.प्रतिओभर उच्च रन

नेपालको खेलमा रनरेट १५.७ थियो । अर्थात प्रतिओभर नेपालले औसतमा १५.७ को गतिमा रन बनाएको यो । यो टि२० आईमा उच्च रनरेट हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनको नाममा समान १३.९ रनरेट थियो ।

८. अन्तिम १० ओभरमा सर्वाधिक रन

नेपाल क्रिकेटमा अन्तिम १० ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि बनाएको छ । नेपालले अन्तिम १० ओभरमा १ सय ९२ रन बनाएको थियो ।

यसअघि टि२० क्रिकेटमा अन्तिम १० ओभरमा सर्वाधिक रन आइपिएलमा बेंगोरले गुजरात लायन्सविरुद्ध १ सय ७२ रन बनाएको थियो । दक्षिण अफ्रिकाले केहि हप्ता अघि मात्रै अष्ट्रेलियाविरुद्ध अन्तिम १० ओभरमा ओडिआईमा १ सय ७३ रन बनाएको थियो । नेपालले उक्त कीर्तिमान तोडेको छ ।

७. दीपेन्द्र ५ सय को स्ट्राकरेटमा रन बनाउने पहिलो ब्याटर

टि२० कुनै पनि खेलमा १० बलमाथि खेल्दा ५ सयमाथि स्ट्राइक रेटमा रन जोड्ने दीपेन्द्र पहिलो खेलाडी बनेका छन् । दीपेन्द्रको खेलमा ५२० को स्ट्राइकरेट थियो ।

यसअघि टि२० क्रिकेटमा १० बल खेल्दा बढी स्ट्राइक रेट २०१६ मा जिम्बावेको घरेलु टि२० क्रिकेट प्रतियोगितामा माल्कम वालरको नाममा थियो । उनले १० बलमा ३ चौका र ५ छक्कासहित ४३ रनको अविजित इनिङ खेल्दा स्ट्राइकरेट ४३० थियो ।
नेपालले मंगोलियाविरुद्ध बनाएका अधिकाम्स विश्व क्रिकेटमा पुन तोडिन असम्भव जस्तै देखिन्छ ।

६.तेस्रो विकेटका लागि विश्व कीर्तिमान

कुशल मल्ल र रोहितले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए । टि२० आईमा कुनैपनि जोडीले तेस्रो विकेटका लागि गरेको उच्च साझेदारी हो । यसअघि तेस्रो विकेटका लागि २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेस्टइन्डिजविरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए ।

टि२० इतिहासमा यो आठौं ठूलो साझेदारी हो । टि२० आईमा सर्वाधिक ठूलो साझेदारी अफगानिस्तानका उस्मान घानी र हज्रतुल्लाह जजाईले पहिलो विकेटका लागि २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ३६ रनको साझेदारी गरेका थिए ।

५. टि२० आईकै सर्वाधिक छिटो शतक

कुशल मल्लको ३४ बलमा शतक टि२० आई इतिहासकै सर्वाधिक छिटो हो । यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए । त्यस्तै चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले टर्कीविरुद्ध ३५ बलमै शतक हानेका थिए ।

४.दीपेन्द्रको दुर्लभ अर्धशतक

दीपेन्द्रले ९ बलमा ८ छक्कासहित ५० रन बनाएका थिए । यो कुनैपनि क्रिकेट खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक हो । यसअघि टि२० आईमा भारतका युवराज सिंहले १२ बलमा २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध जोडेका थिए ।

३.टि२० आईमा सर्वाधिक फराकिलो जित

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो । यो टि२० आई इतिहासकै फराकिलो जित हो । यसअघि चेक रिपब्लिकनले टर्कीविरुद्ध २०१९ मा २ सय ५७ रनले हराएको थियो ।

२.एकै खेलमा इनिङमा सर्वाधिक छक्का

नेपालबाट कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ गरि कुल २६ छक्का प्रहार गर्यो । टि२० आईमा कुनैपनि टोलीले एकै इनिङमा प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्यान्ड तथा वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २०२३ मा समान २२ छक्का हानेका थिए ।

१.टि२० आईमा ३ सय रन बनाउने नेपाल पहिलो टोली

नेपाल टि२० आई इतिहासमा ३ सय रन बनाउने पहिलो टोली बनेको छ । यसअघि टि२० आईमा उच्च योगफल अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

त्यसै वर्ष चेक रिपब्लिकनले टर्कीविरुद्ध २ सय ७८ रन बनाएको थियो । महिला टि२० आईमामा भने बहराइनले २०२२ मा साउदी अरेवियाविरुद्ध ३ सय १८ रन बनाएको थियो । युगान्डाले मालीविरुद्ध २०१९ मा ३ सय १४ रन बनाएको थियो ।

February 3, 2025

वान डे र फरेभरको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट व्बाईज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेटको काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् । सोमबार मुलपानी क्रिकेट मैदानमा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’लाई ५७ रनले पराजित गर्यो । सोमवारको पहिलो खेलमा वान डेले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य पछ्याएको हिमालयन १३ ओभरमा […]

February 3, 2025

अर्जुन ट्रफी – विवेक र कमल चम्कदा अत्तरियाको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विवेक यादवको अर्धशतक तथा कमल गुप्ताको ५ विकेट सहयोगमा सिवाईसी अत्तरियाले लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा अत्तरियाले क्रिकेट एक्सीलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई ८६ रनको फराकिलो अन्तरले हराएको हो । १ सय ४३ रनको लक्ष्य पछ्याएको सिइसीले १२.२ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो । सिइसीका लागि […]

February 3, 2025

थाइल्याण्डको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । आइतवार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको हो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भयो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डि लिडेले सर्वाधिक २५ […]

Success

Thank you for your time.