default_image

1 year ago

September 27, 2023

कीर्तिमानले छायाँमा परेको पक्ष – मंगोलियाले जोडेकोभन्दा नेपालले दिएको एक्स्ट्रा बढी

25967 views

0 Bookmark

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमानको वर्षा गरायो । पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको मंगोलियालाई नेपालले २ सय ७३ रनले हरायो । उक्त जित अन्तर टि२० क्रिकेट इतिहासकै सबैभन्दा ठूलो हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । नेपाल टि२० इतिहासमा ३ सय रन कटाउने पहिलो टोली थियो । जितका लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो ।

मंगोलियाका दावासुरेन जम्यानसुरेनले २३ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । नेपाली बलिङ सामु दोहोरो अंकमा रन बनाउने उनी एक्लो ब्याटर रहे । पाँच खेलाडीले खाता खोल्न सकेनन् । तर मंगोलियाका पुरै ११ खेलाडीले बनाएको कुल रन भन्दा नेपाली बलरले एक्स्ट्रा (अतिरिक्त) बढी दिन पुगेका थिए ।

मंगोलियाका ब्याटरले कुल १८ रन जोड्न सकेका थिए । बाकी २३ रन नेपाली बलरले एस्क्ट्रा दिएका थिए । नेपालले पाँच रन लेग वाइ, दुई नो बल र १६ वाइड फ्याँलेको थियो ।

नेपालबाट गुलशन झाले ३ ओभरमा १८ रन खर्चिए । गुलशनले ५ वाइड र एक नो बल फ्याँलेका थिए । गुलशन यस खेलमा सर्वाधिक धेरै ६ एक्स्ट्रा फालेका थिए । त्यस्तै सोमपाल कामीले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । उनले दिएको ६ रनमा २ वाइड र एक नो बल थियो ।

करण केसीले २ ओभरमा १ मेडनसहित १ रन खर्चेर २ विकेट लिए । करणले उक्त एक रन वाइडको रुपमा दिएका थिए । अभिनाश बोहराले २ ओभरमा १ मेडनसहित २ रन खर्चेर २ विकेट लिए । जसमा एक वाइड सामेल थियो । सन्दीप लामिछानेले २ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रले २ ओभरमा २ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र र सन्दीपले एक एक वाइड फ्याँलेका थिए ।

तर रनको वर्षा र विश्व कीर्तिमानले नेपालले दिएको बढी एक्स्ट्रा रन छायाँमा परेको थियो । नेपालले यस कमजोरीलाई आगमी दिनमा सुधार गर्नुपर्ने हुन्छ । नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ । माल्दिभ्सले आइसिसी टि२० विश्वकप एसिया रिजनल छनोटको कारण दोस्रो रोजाईको टोली पठाएको छ । माल्दिभ्सविरुद्ध पनि नेपालले रनको वर्षा गराउन सक्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस् : एकै खेलमा नेपालका १० दुर्लभ विश्व कीर्तिमान

February 3, 2025

वान डे र फरेभरको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट व्बाईज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेटको काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् । सोमबार मुलपानी क्रिकेट मैदानमा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’लाई ५७ रनले पराजित गर्यो । सोमवारको पहिलो खेलमा वान डेले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य पछ्याएको हिमालयन १३ ओभरमा […]

February 3, 2025

अर्जुन ट्रफी – विवेक र कमल चम्कदा अत्तरियाको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विवेक यादवको अर्धशतक तथा कमल गुप्ताको ५ विकेट सहयोगमा सिवाईसी अत्तरियाले लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा अत्तरियाले क्रिकेट एक्सीलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई ८६ रनको फराकिलो अन्तरले हराएको हो । १ सय ४३ रनको लक्ष्य पछ्याएको सिइसीले १२.२ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो । सिइसीका लागि […]

February 3, 2025

थाइल्याण्डको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । आइतवार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको हो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भयो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डि लिडेले सर्वाधिक २५ […]

Success

Thank you for your time.