1 year ago
September 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मंगोलियाविरुद्ध विश्व कीर्तिमानी प्रदर्शन गरेसँगै एक लाख रुपैयाँ पाउने भएका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेका थिए । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा अविजित रहे ।
दीपेन्द्रलाई उनी सम्मिलित लुम्बिनी अल स्टारले एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । टोलीका अन्य खेलाडीले समान १० हजार पाउनेछन् ।
दीपेन्द्र क्रिकेट इतिहासमा सर्वाधिक छिटो गतिमा अर्धशतक बनाउने ब्याटर बनेका छन् । भारतीय ब्याटर युवराज सिंहले २००७ मा टि२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध १२ बलमै बनाएको अर्धशतकको कीर्तिमान तोडेका हुन् ।
दीपेन्द्रले १९ औं ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हानेका थिए । २० औं ओभरको दोस्रो बलमा पनि छक्का हान्दै ६ बलमा ६ छक्का हानेका थिए । दीपेन्द्र नेपालबाट ६ बलमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।
उनी कुनैपनि मान्यता प्राप्त टि२० खेलमा ५ सय माथिको स्ट्राइक रेटमा रन जोड्ने पहिलो खेलाडी हुन् । दीपेन्द्रको स्ट्राइकरेट ५२० थियो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]