default_image

1 year ago

September 27, 2023

दीपेन्द्र बने ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

3980 views

0 Bookmark

हाङ्गचौ (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्र सिंह ऐरी ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गर्नेक्रममा उक्त कीर्तिमान बनाएका हुन् ।

१९ औं ओभरको पहिलो बलमा रोहित पौडेल आउट भएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । दीपेन्द्रले त्यसपछि मंगोलियाका अल्ताङ्खुयाग मुनगुनलाई लगातार पाँच छक्का हानेका थिए । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे ।


२० औं ओभरको पहिलो बलमा कुशल मल्लले एक रन लिँदै दीपेन्द्रलाई स्ट्राइक दिएका थिए । दोस्रो बलमा छक्का हान्दै ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका थिए । यसअघि कुनैपनि नेपाली ब्याटरले ६ बलमा ६ छक्का हानेका थिएनन् ।
भारतीय ब्याटर युवराज सिंह ६ बलमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् । उनले २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डका स्टुअर्ट ब्रोडलाई लगातार एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । उक्त खेलमा युवराज सिंहले १२ बलमा अर्धशतक पूरा गरेका थिए । त्यो कीर्तिमान दीपेन्द्रले तोडेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का दक्षिण अफ्रिकाका हर्षल गिब्स, भारतीय युवराज सिंह, वेस्टइन्डिजका काइरन पोलार्ड र अमेरिकाका जसकरण मल्होत्राले प्रहार गरेका छन् । गिब्सले २००७ मा नेदरल्यान्ड्सविरुद्ध प्रहार गरेका थिए । पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध र त्यसै वर्ष मल्होत्राले पपुवा न्युगिनीविरुद्ध प्रहार गरेका थिए ।

ज्ञानेन्द्र मल्ल नेपालबाट एकै ओभरमा लगातार ६ चौका प्रहार गर्ने ब्याटर हुन् । २०१२ मा ज्ञानेन्द्रले साउदी अरेवियाविरुद्ध एकै ओभरमा ६ चौका हानेका थिए । चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा क्रिजमा नटआउट रहे । 

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.