1 year ago
September 27, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर दीपेन्द्र सिंह क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गरेका हुन् ।
यसअघि टि२० आईमा सर्वाधिक छिटो अर्धशतक भारतीय ब्याटर युवराज सिंहले २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक पूरा गरेका थिए ।
ओडिआईमा २०१५ मा दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले वेस्टइन्डिजविरुद्ध १६ बलमै अर्धशतक हानेका थिए । २०१४ मा मिस्बाह उल हकले टेस्टमा अष्ट्रेलियाविरुद्ध २१ बलमा अर्धशतक प्रहार गरेका थिए ।
अन्तर्राष्ट्रिय कुनैपनि खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । दीपेन्द्रले १९ औं ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हानेका थिए । २० औं ओभरको दोस्रो बलमा पनि छक्का हान्दै ६ बलमा ६ छक्का हानेका थिए । सातौं बलमा दुई र त्यसपछिका दुई बलमा दुई छक्काका साथ दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरेका थिए ।
नेपालबाट भने यसअघि ज्ञानेन्द्र मल्लले १८ बलमा अर्धशतक प्रहार गरेका थिए । ज्ञानेन्द्रले २०१२ मा साउदी अरेवियाविरुद्ध एसिसी इलिट ट्रफीमा मात्रै १८ बलमा अर्धशतक पूरा गरेका थिए ।
त्यो कुनैपनि नेपाली ब्याटरले पूरा गरेको सर्वाधिक छिटो अर्धशतक हो । यसै खेलमा कुशल मल्ल र रोहित पौडेलले समान १९ बलमा अर्धशतक पूरा गरेका थिए । आसिफ शेखले ओडिआईमा २१ बलमा २०२३ मा पपुवा न्युगिनीविरुद्ध अर्धशतक पूरा गरेका थिए ।
दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहेका थिए । चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा क्रिजमा नटआउट रहे ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]