1 year ago
September 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बायाँ हाते युवा ब्याटर कुशल मल्लले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् । कुशलले १९ बलमै अर्धशतक पूरा गरेका छन् ।
योसँगै कुशल नेपालबाट टि२० आईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका हुन् । उनले ज्ञानेन्द्र मल्लको २०१९ मा २० बलमा बनाएको अर्धशतकको कीर्तिमान तोडेका हुन् ।
१० औं ओभरमा कुशल मल्लले तेरबिसलाई कुल २७ रन प्रहार गरेका थिए । कुशल मल्ल २१ बलमा ४ चौका र ६ छक्कासहित ६३ रनमा क्रिजमा छन् ।
चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २२ रन बनाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ रनमा आउट भएका थिए । जम्यांसुरेन दावासुरेनको बलमा डिप स्क्वायर लेगमा अल्तांखुयाग मुगुनले सानदार क्याच लिएपछि कुशल पेभेलिएन फर्किएका थिए ।
ओपनर आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगे । आसिफ टप एज लागेर कट विहाइन्ड हुन पुगेका थिए । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए ।
नेपालले चौथो नम्बरमा रोहित पौडेललाई ब्याटिङमा पठाएको छ । रोहित ८ रनमा खेलेका छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]