1 year ago
September 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध आक्रामक सुरुवात गरेको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ३ ओभरमा कुनै विकेट नगुमाई ३६ रन बनाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ११ बलमा २ चौकासहित १३ रनमा क्रिजमा छन् । आसिफ शेख १२ बलमा २ चौकासहित १४ रन बनाएका छन् । मंगोलियाले ९ रन अतिरिक्त दिएको छ ।
मंगोलियालाई जित र हारको नतिजासँग खासै ध्यानमा राख्ने छैन । नेपालबाट धेरै कुरा सिक्ने सोचमा हुनेछ । कमजोर मंगोलियाविरुद्ध नेपाललाई भने विश्व कीर्तिमानको वर्षात गराउने अवसर हुनेछ । यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गरेको छ ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल –कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट व्बाईज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेटको काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् । सोमबार मुलपानी क्रिकेट मैदानमा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’लाई ५७ रनले पराजित गर्यो । सोमवारको पहिलो खेलमा वान डेले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य पछ्याएको हिमालयन १३ ओभरमा […]
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विवेक यादवको अर्धशतक तथा कमल गुप्ताको ५ विकेट सहयोगमा सिवाईसी अत्तरियाले लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा अत्तरियाले क्रिकेट एक्सीलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई ८६ रनको फराकिलो अन्तरले हराएको हो । १ सय ४३ रनको लक्ष्य पछ्याएको सिइसीले १२.२ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो । सिइसीका लागि […]
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । आइतवार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको हो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भयो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डि लिडेले सर्वाधिक २५ […]