1 year ago
September 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँग टस हारेको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङ गर्न मैदान उत्रर्नेछ । यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गरेको छ ।
मंगोलियालाई जित र हारको नतिजासँग खासै ध्यानमा राख्ने छैन । नेपालबाट धेरै कुरा सिक्ने सोचमा हुनेछ । कमजोर मंगोलियाविरुद्ध नेपाललाई भने विश्व कीर्तिमानको वर्षात गराउने अवसर हुनेछ ।
उता मंगोलियाको खेलबारे नेपाल अनविज्ञ छ । निकै युवा टोलीका साथ मंगोलिया एसियाड खेल्न आएको छ । मंगोलियाको टोलीमा १५ देखी २२ वर्षसम्मका खेलाडी छन् । अधिकाम्स १८ देखी २० वर्षका खेलाडी छन् । युवा खेलाडी ऐतिहासिक खेल खेल्न उत्साहित छन् ।
मंगोलियाका खेलाडी घरेलु टि२० लिग खेल्दै आएका छन् । उक्त लिगमा ८ प्रदेश स्तरका टोलीले खेल्ने गर्दछन् ।
नेपालको प्लेइङ ११ ः
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]