default_image

1 year ago

September 26, 2023

नेपालले माल्दिभ्सको दोस्रो रोजाईको टोलीसँग खेल्ने

29466 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा माल्दिभ्सको दोस्रो रोजाईको टोलीसँग खेल्ने भएको छ । एसियाड र आइसिसी टि२० विश्वकप सब रिजनल एसिया क्वालिफायर ए जुधेपछि माल्दिभ्सले दोस्रो रोजाईको टोली पठाएको छ ।

क्वालिफायरको विजेता टोलीले अर्को महिना नेपालमा हुने टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न पाउनेछ । त्यसैले माल्दिभ्सले क्वालिफायरमा पहिलो र एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ ।

नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ । त्यसै दिन माल्दिभ्सले क्वालिफायरमा कतारसँग दोहामा खेल्नेछ । बिहीबार माल्दिभ्सले एसियाडमा मंगोलियासँग बिहान खेल्नेछ । माल्दिभ्सले सोहि दिन क्वालिफायरमा दिउँसो साउदी अरेवियासँग खेल्नेछ । माल्दिभ्सको दुबै दिन खेल पनि जुधेको छ।

क्वालिफायरमा साउदी अरेबिया, कतार, माल्दिभ्स र कुवेत छन् । डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोली नेपाल आउनेछ । एसियाड २७ सेप्टेम्बर देखी ७ अक्टोबरसम्म हुनेछ । उता क्वालिफायर २८ सेप्टेम्बर देखी ५ अक्टोबर सम्म दोहामा हुनेछ ।

नेपालले एसियाडमा पहिलो खेल बुधबार बिहान मंगोलियासँग खेल्दै सुरुवात गर्नेछ । नेपालको क्वाटरफाइनल औपचारिकता मात्रै बाँकी देखिन्छ । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने हुन्छ । एसियाडमा क्रिकेटलाई पदकको दाबेदार टोलीको रुपमा हेरिएको छ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.