default_image

12 months ago

September 26, 2023

नेपालले टि२० विश्वकप छनोटका सबै खेल टियुमा खेल्ने

2732 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले अर्को महिना हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा सबै खेल टियु मैदानमा खेल्ने भएको छ । प्रतियोगिता कार्तिक १३ देखी २० गते (३० अक्टोबर देखी नोभेम्बर ६) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ ।

नेपाल समूह ए मा परेको छ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट विजेता टोली नेपाल आउनेछ । एसिया क्षेत्र छनोट ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् । एसिया क्षेत्र ए आगमी सेप्टेम्बर २८ देखी ५ अक्टोबर सम्म कतारमा हुँदैछ ।

समूह ए का खेल टियु र बी का खेल मुलपानीमा हुनेछन् । नेपालले पहिलो खेल कार्तिक १३ (अक्टोबर ३०) मा सिंगापुरसँग टियु क्रिकेट मैदानमा खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक १४ (अक्टोबर ३१) मा मलेसियासँग खेल्नेछ । नेपालले तेस्रो खेल कार्तिक १६ (नोभेम्बर २) मा ओमानसँग खेल्नेछ ।

शीर्ष दुई मा रहने दुबै समूहका टोलीले कार्तिक १७ (नोभेम्बर ३) मा सेमिफाइनल खेल्नेछन् । एउटा सेमिफाइनल टियु र अर्को मुलपानीमा हुनेछ । फाइनल कार्तिक १९ (नोभेम्बर ५) मा टियु क्रिकेट मैदानमा हुनेछ ।

नेपालले सेमिफाइनल खेल पनि टियुमा खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले हाम्रो खेलकुदलाई जानकारी दिएको छ । योसँगै नेपालले मुलपानी मैदानमा कुनैपनि खेल नखेल्ने पक्का भएको छ ।

‘मुलपानीमा नेपालको खेल हुँदा दर्शकको भिड ब्यवस्थापन गर्न कठिन पर्छ । दर्शकको भीडको कारण त्यहाँ नेपालको खेल गराउन कठिन छ । त्यसैले हामीले सबै खेल टियुमा नै खेल्छौं’, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदसँग भने ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.