default_image

10 months ago

September 25, 2023

ललित अस्पतालबाट डिस्चार्ज, विश्वकप छनोट पनि गुमाउने सम्भावना

1015 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर ललित नारायण राजवंशी बि एण्ड बी अस्पतालमा ब्यूटीबोनको शल्यक्रियापछि डिस्चार्ज भएका छन् । बायाँ हातको बूटीबोनमा चोटका कारण गत बिहीबार उनको शल्यक्रिया भएको थियो । बुधबार टियु क्रिकेट मैदानमा अभ्यास खेलको क्रममा चोभार एण्डतर्फ लड्न पुग्दा ललितलाई चोट लागेको थियो ।

बिहीबार बिहान बी एण्ड बीका चिकित्सक अमित जोशीको टोलीले शल्यक्रिया गरेका थिए । ‘आज दिउँसो दुई बजे फर्किएको हुँ । हल्का दुखाई छ । चिकित्सको सल्लाह अनुसार औषधि लिएको छु’, ललितले हाम्रो खेलकुदसँग भने ।

ललित ठ्याक्कै कतिसमयपछि मैदान फर्किन्छन् भन्न सक्ने अवस्था छैन । ६ देखी १२ हप्ताको समयमा उनी टोलीमा कमव्याक गर्ने सम्भावना छ । ‘उनी कतिसमयपछि मैदान फर्किन्छन् ठ्याक्कै भन्न गाह्रो छ । उसको रिहाब सुरु भएको छ । ६ देखी ८ हप्ता सम्म आउन सक्छ की भन्ने हो । रिकभरी हुँदै गएपछि मात्रै थाहा हुनेछ’, चिकित्सक अमित जोशीले हाम्रो खेलकुदसँग भने ।

आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोट आगमी कार्तिक १३ देखी २० गते (३० अक्टोबर देखी नोभेम्बर ६ ) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ ।

समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट आउने ए टोली आउनेछन् । एसिया क्षेत्र छनोटमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् । ललितले उक्त प्रतियोगिता पनि गुमाउने सम्भावना बढी रहन्छ ।

१९ औं एसियाली खेलकुदको तयारीकै क्रममा ललित घाइते भएका छन् । नेपाली टोली आइतबार चीन पुगेको छ । ललितको स्थानमा नेपालले सागर ढकाललाई टोलीमा मौका दिएको थियो । तर सागर एक्रिडिटेसन कार्ड नआउँदा चीन गएका छैनन् । नेपालले बुधबार बिहान मंगोलियासँग खेल्दैछ ।

पछिल्लो समय नेपाली क्रिकेट टोलीबाट ललितले सानदार प्रदर्शन गरेका थिए । नेपाललाई ओडिआई मान्यता निरन्तरता गराउन र एसिया कपमा पुयाउन उनको योगदान निकै महत्वपूर्ण थियो । ललितले सन् २०२२ को सुरुवातमै बी एन्ड बी अस्पतालमा बायाँ खुट्टाको घुँडामा शल्यक्रिया गर्नु परेको थियो । त्यसको एक वर्षपछि नेपाली टोलीमा फर्किदै सानदार प्रदर्शन गरेका थिए । तर उच्च लयमा रहेकै समयमा पुन चोट बाधक बनेको छ ।

July 7, 2024

भारतले जिम्बाब्वेलाई हरायो

एजेन्सी – पाँच टि-२० खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोलीले दोस्रो खेलमा जित हात पारेको छ । हरारेमा भएको खेलमा भारतले घरेलु टोलीमाथि १०० रनको जित हात पर्दै शृंखलामा बराबरी गरेको हो । भारतले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.२ ओभरमा १३४ रनमा समेटियो । घरेलु टोलीका लागि वेस्ली मधुभेरेले ३९ बलमा सर्वाधिक […]

July 6, 2024

भारत जिम्बाब्वेसँग पराजित

एजेन्सी – पाँच टि-ट्वान्टी खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोली पहिलो खेलमा पराजित भएको छ । हरारेमा भएको पहिलो खेलमा भारत घरेलु टोलीसँग १३ रनले पराजित भएको हो । जिम्बाब्वेले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको भारत १९.५ ओभरमा १ सय २ रनमा समेटियो । भारतका लागि कप्तान शुभमन गिलले २९ बलमा […]

July 6, 2024

महिला एशिया कपका लागि नेपाली टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ का लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाई गरेको हो । कार्यक्रममा क्यानका सचिव पारस खड्का सहित अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको सहभागिता रहेको थियो । […]

Success

Thank you for your time.