1 year ago
September 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदको चुनावमा पूर्वकप्तान पारस खड्काले अग्रता बढाएका छन् । शनिबार भएको क्यानको केन्द्रिय चुनावमा सचिव पदमा सुरुवाती ५० मत गणना हुँदा पारसले २९ र प्रशान्त मल्लले २१ मत लिएका छन् । पारसले सुरुवाती ५० मत गणना हुँदा ८ मतले अग्रता लिएका छन् ।
सुरुवाती २५ मत गणना हुँदा पारसले अग्रता १ मतले मात्रै लिएका थिए । पछिल्लो २५ मत गणना गर्दा पारसले ७ मतको अग्रता पाएका हुन् ।
कुल मत ८५ हुँदा सबै खसेको थियो । सचिव पद जित्न ४३ मत आवश्यक पर्दछ । प्रमुख पदमा सचिव बाहेक अन्य सबैमा सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । तर सचिव पदमा सर्वसम्मत नहुन नसकेपछि निर्वाचन गर्नु परेको थियो । त्यस्तै महिला सदस्यमा जयन्ती देवी भट्ट पनि सर्बसम्मत रुपमा निर्वाचित भएकी थिइन् ।
सात प्रदेशबाट एक एक जना सदस्यमा निर्वाचित हुने गर्दछन् । जसमा लुम्बिनीबाट प्रदीप मजगैयाँ र कर्णालीबाट श्रीधर केसी सर्वसम्मत प्रदेश कोटामा सदस्यमा निर्वाचित भएका थिए । अव पाँच प्रदेश र पाँच खुल्ला सदस्यको मतगढना जारी छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]