default_image

1 year ago

September 23, 2023

क्यान चुनाव : अग्रता बढाउँदै पारस

1696 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा अग्रता बढाएका छन्। शनिबार भएको क्यानको केन्द्रिय चुनावमा सचिव पदमा सुरुवाती ४४ मत गणना हुँदा पारसले २५ र प्रशान्त मल्लले १९ मत लिएका छन् ।

कुल मत ८५ हुँदा सबै खसेको थियो । सचिव पद जित्न ४३ मत आवश्यक पर्दछ । प्रमुख पदमा सचिव बाहेक अन्य सबैमा सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । तर सचिव पदमा सर्वसम्मत नहुन नसकेपछि निर्वाचन गर्नु परेको थियो । त्यस्तै महिला सदस्यमा जयन्ती देवी भट्ट पनि सर्बसम्मत रुपमा निर्वाचित भएकी थिइन् । सात प्रदेशबाट एक एक जना सदस्यमा निर्वाचित हुने गर्दछन् । जसमा लुम्बिनीबाट प्रदीप मजगैयाँ र कर्णालीबाट श्रीधर केसी सर्वसम्मत प्रदेश कोटामा सदस्यमा निर्वाचित भएका थिए । अव पाँच प्रदेश र पाँच खुल्ला सदस्यको मतगढना अन्तिम रुपमा टुङ्गो लाग्न बाँकी छ ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.