default_image

1 year ago

September 23, 2023

ललितको स्थान सागरले लिने

2060 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घाइते स्पिनर ललितनारायण राजवंशीको स्थान सागर ढकालले लिने भएका छन् । यसै साता ललित टियु क्रिकेट मैदानमा अभ्यास खेलको क्रममा फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । ललितको बायाँ हातको ब्यूटीबोनको शल्यक्रिया गरेपछि नेपालले १९ औं एसियाली खेलकुद खेल्न सागरलाई टोलीमा समेट्ने भएको हो ।

क्यान स्रोतले हाम्रो खेलकुदलाई ललितको स्थान सागरले लिने जानकारी दिएको छ । बायाँ हाते युवा स्पिनर सागरले नेपालबाट ८ ओडिआई र २ टि२० आई खेल खेलेका छन् । सागरले २०२२ मार्चमा आइसिसी विश्वकप लिग २ मा शारजाहमा पपुवा न्युगिनीविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए ।

पछिल्लो पटक २०२२ डिसेम्बरमा उनले स्कटल्यान्डविरुद्ध खेलेका थिए । डिसेम्बरमा नामिबिया भ्रमणपछि उनी टोलीमा छैनन् । स्पिनर सन्दीप लामिछाने र ललितको जोडीले लगातार राम्रो प्रदर्शन गरेपछि सागर बाहिरिएका थिए ।

नेपाली क्रिकेट टोली आइतबार चीन जादैछ । १९ औं एसियाली खेलकुद पुरुषतर्फ २७ सेप्टेम्बर देखी ८ अक्टोबर सम्म चीनमा हुँदैछ। पाँच टेस्ट टोली श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सिधैं क्वाटरफाइनल खेल्नेछन् ।

समूह ए, बी र सी बाट विजेता टोली क्वाटरफाइनलमा आउनेछन् । समूह ए मा रहेको नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।

नेपालको टोली ः

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि।सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.