1 year ago
September 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को चुनाव आज हुँदैछ । शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सकिएको थियो । आज काठमाडौंको एक होटलमा चुनाव हुनेछ । उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११ : २० बजे हुनेछ ।
त्यस्तै उम्मेदवारको मनोनयन उपर उजुर र छानविन बिहान ११: ४० को समय तोकिएको छ । उम्मेदवारको नाम फिर्ता बिहान ११ : ५५ मा हुनेछ । उम्मेदवानरको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि मात्रै मतदान प्रक्रिया सुरु हुनेछ ।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का सचिव पदमा लड्नेछन् । चतुरकै प्यानलमा रोशन सिंह उपाध्यक्ष र पदम खड्का कोषाध्यक्षमा लड्नेछन् ।
पारसकोविरुद्धमा सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने चर्चाछ । क्यानको चुनावमा कुल ८४ मत छ । कुनैपनि प्रमुख पद जित्न ४३ मत आवश्यक पर्दछ । प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । झापाबाट दुई प्रतिनिधि लाक्पा लामा र मनोज कटवाल आएपछि मताधिकार नै खोसिएको हो ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]