1 year ago
September 22, 2023
एजेन्सी – कप्तान लोकेश राहुलसँगै चार ब्याटरको अर्धशतक र मोहम्मद शामीको पाँच विकेटको सहयोगमा भारतले पहिलो ओडिआई खेलमा अष्ट्रेलियालाई पाँच विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।
जितको लागि २ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा ओपनर शुभमन गिलले ६३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिए । अर्का ओपनर ऋतुराज गायकवाडले ७७ बलमा १० चौकासहित ७१ रन बनाए ।
ओपनर ऋतुराज गायकवाड र शुभमन गिलले पहिलो विकेटका लागि २१.४ ओभरमा १ सय ४२ रनको शतकीय साझेदारीका साथ सहज जितको आधार तय गरेका थिए । दुबै अोपनर स्पिनर एडम जाम्पाको बलमा आउट भए । श्रेयस ऐर ३ र ईशान किशन १८ रनमा आउट भए ।
सूर्यकुमार यादव ४९ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा आउट भए । सूर्यले लोकेश राहुलसँग पाँचौं विकेटका लागि ८५ बलमा ८० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
कप्तान लोकेश राहुल ६३ बलमा ४ चौका र १ छक्कासहित ५८ रनमा नट आउट रहे । अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । शन एबोट र प्याट कमिन्सले एक एक विकेट लिए ।
त्यसअघि पन्जाब क्रिकेट एसोसिएसनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ५० ओभरमा २ सय ७६ रनमा अल आउट भयो । ओपनर डेविड वार्नरले ५३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए ।
अर्का ओपनर मिचेल मार्श ४ रनमै आउट भए । दोस्रो विकेटका लागि स्मिथ र वार्नरले ९४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि राम्रो साझेदारी हुन सकेन ।
स्मिथ ६० बलमा ३ चौका र १ छक्कासहित ४१, मार्नस लाबुसेन ३९, क्यामरन ग्रीन ३१, मार्कस स्टोइनिस २९, म्याथ्यु सर्ट २ रनमा आउट भए । जोश इंग्लिसले ४५ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा आउट हुँदा कप्तान प्याट कमिन्स ९ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नटआउट रहे ।
भारतका तीव्र गतिका बलर मोहम्मद शामीले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ५ विकेट लिए । जस्प्रित बुमराह, रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले एक एक विकेट लिए । दोस्रो खेल आइतबार इन्डोर र तेस्रो खेल बुधबार हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]