1 year ago
September 22, 2023
एजेन्सी – नेपाल २०२४ को जनवरीमा हुने यू१९ विश्वकपमा न्युजिल्यान्ड र पाकिस्तानसहित कुल तीन टेस्ट टोलीसँगै परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यू१९ विश्वकपको समूह र खेल तालिका सार्वजनिक गरेको छ ।
यु१९ विश्वकप २०२४ जनवरी १३ देखी ४ फेब्रुअरी सम्म श्रीलंका चल्नेछ । नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड समूह डी मा छन् । समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् ।
समूह सी मा अष्ट्रेलिया, आयोजक श्रीलंका, जिम्बावे र नामिबिया छन् । नेपालले १३ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ । नेपालले १७ जनवरीमा पाकिस्तान र २० जनवरीमा अफगानिस्तानसँग खेल्नेछ ।
हरेक समूहका शीर्ष तीन टोली अर्को चरणमा पुग्नेछन् । अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नेछन् । जसबाट ए ले सी, बीले डीसँग खेल्नेछ । अनि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । हरेक समूहका पुछारका टोलीले १२ देखी १६ स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।
क्षेत्रिय छनोटबाट नेपाल, अमेरिका, स्कटल्यान्ड, न्युजिल्यान्ड र नामिबिया आएका थिए । आयोजक श्रीलंकासँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज र जिम्बावेले सोझै विश्वकपमा पुगेका थिए ।
नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईलाई ७ रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । युएईलाई अन्तिम १८ बलमा जितको लागि ११ रन चाहिँदा स्पिनर दीपेश कँडेलले ह्याट्रिक लिँदै विश्वकपमा पुर्याएका थिए । नेपालले २०१६ पछि पहिलो पटक यू१९ विश्वकप खेल्न लागेको हो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]