1 year ago
September 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता देखी चीनमा हुने १९ औ एसियाली खेलकुद अघि नेपाली क्रिकेट टोलीलाई ठूलो झड्का लागेको छ । नेपालका बायाँ हाते स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । बुधबार फिल्डिङ गर्नेक्रममा टियु क्रिकेट मैदानमा ललितको राइट क्लाभिकल फ्राक्चर (ब्यूटिबोन) भएको छ । ललितको आज नै बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिदैछ ।
गतवर्ष नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीकै जस्तै उनको चोट लागेको हो । चोभार एण्डमा कमल घाइते भएकै ठाउँमा ललित अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा घाइते हुन पुगेका थिए । दायाँ हातको ब्यूटिबोनमा चोट लागेपछि उनलाई नेशनल अस्पताल कलंकी बुधबार लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनको आज बिहान बी एन्ड बी अस्पताल ग्वार्कोमा शल्यक्रिया हुँदैछ ।
योसँगै ललितले १९ औं एसियाली खेलकुद गुमाउनेछन् । १९ औं एसियाली खेलकुद पुरुषतर्फ २७ सेप्टेम्बर देखी ८ अक्टोबर सम्म चीनमा हुँदैछ। पाँच टेस्ट टोली श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सिधैं क्वाटरफाइनल खेल्नेछन् ।
समूह ए, बी र सी बाट विजेता टोली क्वाटरफाइनलमा आउनेछन् । समूह ए मा रहेको नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।
पछिल्लो समय नेपाली क्रिकेट टोलीबाट ललितले सानदार प्रदर्शन गरेका थिए । नेपाललाई ओडिआई मान्यता निरन्तरता गराउन र एसिया कपमा पुयाउन उनको योगदान निकै महत्वपूर्ण थियो ।
ललितले अर्का लेगस्पिनर सन्दीप लामिछानेलाई पनि राम्रो साथ दिँदै आएका छन् । सन्दीप र ललितको जोडी जमेको थियो । ललित नहुँदा सन्दीपको प्रदर्शनमा समेत असर पर्नसक्छ । गत मार्चमा युएईलाई लिग २ को महत्वपूर्ण खेलमा ७१ रनमा अल आउट गर्न उनले एक्लै पाँच विकेट लिएका थिए ।
एसिसी प्रिमियर कपको फाइनलमा नेपाललाई उपाधि जिताउन ललितले ४ विकेट लिएपछि युएई १ सय १७ रन मै अल आउट भएको थियो ।
आइसिसी विश्वकप छनोटमा टेस्ट टोली जिम्बावे र वेस्टइन्डिजविरुद्ध पनि ललितले त्यतिनै उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै एसिया कपमा भारत र पाकिस्तानविरुद्ध ललितको प्रदर्शन त्यतिनै प्रभावशाली रहेको थियो । उनी नहुँदा नेपालको बलिङ आक्रामणमै ठूलो असर पर्ने देखिन्छ ।
ललितले २३ ओडिआईमा २८ र १२ टि२० आईमा १० विकेट लिएका छन् । नेपाली टोलीमा उनले पावर प्लेमा पनि बलिङ गर्दै सानदार प्रदर्शन गर्दै आएका छन् ।
ललितले सन् २०२२ को सुरुवातमै बी एन्ड बी अस्पतालमा बायाँ खुट्टाको घुँडामा शल्यक्रिया गर्नु परेको थियो । त्यसको एक वर्षपछि नेपाली टोलीमा फर्किदै सानदार प्रदर्शन गरेका थिए । तर उनी फेरि ६ देखी १२ हप्ता सम्म मैदान बाहिर हुनुपर्ने छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]