default_image

12 months ago

September 20, 2023

नेपाल आउनु अघि वासिमको उत्कृष्ट प्रदर्शन

5693 views

0 Bookmark

एजेन्सी – अर्को महिना आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न नेपाल आउनु अघि युएईका कप्तान मोहम्मद वासिमले उत्कृष्ट प्रदर्शन गरेका छन् । कतारमा जारी ६ देश सम्मिलित गल्फ क्रिकेट टि२० च्याम्पियनसिपमा वासिमले सुरुवाती तीनै खेलमा अर्धशतक प्रहार गरेका छन् ।

वासिमले पहिलो खेलमा ओमानविरुद्ध ३८ बलमा ४ चौका र ८ छक्कासहित ८० रन बनाएका थिए । उनको उक्त प्रदर्शनको सहयोगमा युएईले ४ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । युएईले ओमानलाई २२ रनले हराउँदा वासिम प्लेयर अफ द म्याच चुनिएका थिए ।

वासिमले साउदी अरेवियाविरुद्ध १ सय २२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ४३ बलमा ५ चौका र ३ छक्कासहित ६० रनमा नटआउट रहेका थिए । उक्त खेलमा चार विकेट लिएका मोहम्मद जवादुल्लाह प्लेयर अफ द म्याच चुनिएका थिए । कुवेतविरुद्ध वासिमले ३९ बलमा ४ चौका र ७ छक्कासहित ७४ रनको इनिङ खेलेका थिए ।

गतवर्ष ओमानमा सम्पन्न टि२० विश्वकप एसिया क्षेत्र छनोटको निर्णायक सेमिफाइनलमा नेपाललाई हराउन वासिमले ४८ बलमा ४ चौका र ४ छक्कासहित ७० रन बनाएका थिए । नेपाललाई ६८ रनले हराउँदै युएईले विश्वकपमा स्थान बनाएको थियो । उक्त खेलमा वासिमको अर्धशतकसँगै वृत्य अरविन्दले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनमा नटआउट इनिङ खेलेका थिए ।

नेपालले विश्वकपमा स्थान बनाउन आगमी महिना घरेलु मैदानमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा स्थान बनाउनुपर्छ । अक्टोबर ३० देखी नोभेक्बर ९ सम्म हुने उक्त छनोटमा फाइनलमा पुग्ने दुई टोलीले विश्वकप खेल्नेछन् । नेपाल र युएई विश्वकपमा पुग्नसक्ने प्रमुख दाबेदार टोली हुन् ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा आयोजक नेपाल, मलेसिया, युएई, हङकङ, ओमान, बहराइन, सिंगापुर र एसिया क्षेत्री छनोट ए बाट आउने एक टोली हुनेछन् । एसिया क्षेत्रीय छनोट ए आगमी सेप्टेम्बरमा कतारमा हुनेछ । उक्त छनोटमा कतार, कुवेत, माल्दिभ्स र साउदी अरेविया छन् । विजेता टोली विश्वकप छनोट खेल्न नेपाल आउने छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.