1 year ago
September 16, 2023
एजेन्सी – घरेलु टोली श्रीलंकालाई एसिया कपको फाइनल भारतसँग खेल्नुअघि झड्का लागेको छ । भारत र श्रीलंकाबीच आइतबार कोलोम्बोमा फाइनल खेल हुनेछ । श्रीलंकाका स्पिनर महेश थिक्सेनाले फाइनल खेल गुमाउने भएका छन् ।
थिक्सेना पाकिस्तानसँगको खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । उनको दायाँ खुट्टाको ह्यामस्ट्रिङमा चोट लागेपछि फाइनल गुमाउने भएका छन् । श्रीलंकाका प्रमुख स्पिन अलराउन्डर वानिन्दु हसरंगा सुरुवात देखीनै टोलीमा थिएनन् । श्रीलंकाको प्रमुख हतियार नै दुई स्पिनर नहुँदा कमजोर हुने देखिन्छ ।
थिक्सेनाको स्थानमा श्रीलंकाले स्पिन अलराउन्डर सेहान अर्चाचिगेलाई टोलीमा बोलाएकोछ । उनले गत जुलाईमा जिम्बावेमा भएको आइसिसी विश्वकप छनोटमा वेस्टइन्डिजविरुद्ध डेब्यू गरेका थिए । नेदरल्यान्ड्सविरुद्ध ७१ बलमा ४ चौकासहित ५७ रन बनाएका छन् । श्रीलंकाबाट दुई ओडिआई खेल मात्रै खेलेका छन् ।
श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । भारतसँग भने श्रीलंका ४१ रनले पराजित भएको थियो ।
उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलंका सर्वाधिक १२ र भारत १० पटक फाइनल खेलेका छन् । श्रीलंकाले ६ र भारतले ७ पटक एसिया कपको उपाधि जितेका छन् ।
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]