1 year ago
September 15, 2023
एजेन्सी – मध्यक्रमका ब्याटर हेनरिक क्लासेनले चौका र छक्काको वर्षा गराउँदै अद्भूत शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले चौथो ओडिआई खेलमा अष्ट्रेलियालाई ४ सय १७ रनको विशाल लक्ष्य दिएको छ । सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ गुमाउँदै ४ सय १६ रन बनायो ।
हेनरिक क्लासेनले ८३ बलमा १३ चौका र १३ छक्कासहित १ सय ७४ रनको विष्फोटक शतकीय इनिङ खेले । उनी मार्कस स्टोइनिसको अन्तिम बलमा नाथन एलिसबाट समातिन पुगेका थिए ।
क्लासेनले अर्धशतक ३८ बलमा पूरा गरेका थिए । तर त्यसपछि उनले विष्फोटक शैली अपनाए । शतक ५७ बलमा पूरा गरेका थिए । उनको यो ओडिआई करिअरको दोस्रो शतक हो । अन्तर्राष्ट्रिय क्रिकेट करिअरको सर्वोत्कृष्ट प्रदर्शन हो ।
डेविड मिलर ४५ बलमा ६ चौका र ५ छक्कासहित ८२ रनमा नटआउट रहे । पाँचौं विकेटका लागि क्लासेन र मिलरले ९४ बलमा २ सय २२ रनको विष्फोटक दोहोरो शतकीय साझेदारी गरेका थिए ।
रास्सी भान डर डुसेन ६५ बलमा ७ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । ओपनर क्विन्टन डि कक ६४ बलमा ५ चौकासहित ४५ र रिजा हेन्ड्रिक्स २८ रनमा आउट भए ।
अष्ट्रेलियाका जोश हेजलवुडले १० ओभरमा ७९ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिस, माइकल नेसेर र नाथन एलिसले एक एक विकेट लिए । एडम जाम्पाले १० ओभरमा १ सय १३ रन खर्चिए । पाँच खेलको ओडिआई सिरिजमा अष्ट्रेलिया २(१ ले अघि छ ।
February 13, 2025
एजेन्सी – त्रिकोणात्मक ओडिआई सिरिजमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा शाहीन शाह अफ्रिदी सहित ३ पाकिस्तानी खेलाडीलाई आइसिसीले कारबाही गरेको छ । अफ्रिदी सहित साउद शकील र कामरान गुलामलाई आइसिसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको आरोपमा जरिवाना र डिमेरिट प्वाइन्ट दिइएको छ । अफ्रिदीलाई आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको आरोपमा म्याच फीको २५ प्रतिशत […]
February 13, 2025
एजेन्सी – आगामी महिनाबाट सुरु हुने आइपिएल २०२५ का लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलोरको कप्तान नियुक्त गरिएको छ । बिहीबार बेंगलुरुले टिम निर्देशक मो बोबत र मुख्य प्रशिक्षक एन्डी फ्लावरको उपस्थितिमा उक्त घोषणा गरेको हो । पाटीदारले सन् २०२१ देखि बेंगलुरुका लागि ३ सिजन खेलेका छन् । बेंगलुरुका लागि उनले २८ खेलमा १५८.८५ को […]
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]