default_image

12 months ago

September 15, 2023

बागमतीले ५० विद्यालयका प्रशिक्षकलाई तालिम दिने

608 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रादेशिक किकेट संघले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा विद्यालय स्तरका ५० प्रशिक्षकहरुलाई तालिम दिने भएको छ । बागमतीका अध्यक्ष पारस खड्का र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच उक्त कार्यक्रम गर्ने सम्झौता भएको छ ।

‘बागमती प्रदेशको आयोजनामा र काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा महानगरपालिका भित्रका ५० विद्यायलको प्रतिनिधित्व रहनेछ । आगमी असोज १६ देखि २० गतेसम्म संचालन हुने कार्यक्रममा विद्यालयबाट प्रतिनिधित्व गरेर आउने प्रशिक्षकहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओ लेभल प्रशिक्षक तालिम दिइनेछ’, बागमतीले प्रेस विज्ञप्तिमा भनेको छ ।

दुई साता अघि मात्रै पारस खड्का बागमती प्रादेशिक किकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । ग्रासरुट क्रिकेट विकास गर्न यस कार्यक्रम गर्न लागेको पारसले जनाएका छन् ।

‘नेपाली राष्ट्रिय क्रिकेट टोलीले उल्लेखनीय उपलब्धि हासिल गर्दै गर्दा ग्रासरुट क्रिकेट स्तरमा क्रिकेट प्रशिक्षक तथा प्रशिक्षार्थीको अनुपात निकै न्यून रहेको हाम्रो बुझाई छ। यस समस्यालाई सम्बोधन गर्न, बागमती प्रादेशिक क्रिकेट संघ र काठमाडौं महानगरपालिकाको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रमको आयोजना गरेका छौं’ अध्यक्ष पारसले भनेका छन् ।

त्यस्तै उनले महानगरपालिकाले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिका अन्तर्गतका केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था समेत गरिरहेको जानकारी दिएका छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.