default_image

12 months ago

September 15, 2023

भारतको प्लेइङ-११ मा पाँच परिवर्तन

7189 views

0 Bookmark

एजेन्सी – भारतले एसिया कपको सुपर फोर खेलमा बंगलादेशविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । कोलोम्बोमा भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

भारतले बंगलादेशविरुद्ध आफ्नो टोलीमा पाँच परिवर्तन गर्ने निर्णय लिएको छ । तिलक बर्मा, प्रसिद्ध कृष्णा, मोहम्मद शामी, सूर्यकुमार यादव र शार्दुल ठाकुरलाई आजको खेलमा मौका दिएको छ । भारतले विराट कोहली, जस्प्रित बुमराह, हार्दिक पान्ड्या, कुलदीप यादव र मोहम्मद शिराजलाई बेन्चमा राखेको छ ।

भारतले आजको खेलमा युवा अलराउन्डर तिलक बर्मालाई डेब्यू दिएको छ । बायाँ हाते अलराउन्डर तिलकले अघिल्लो महिना वेस्टइन्डिज भ्रमणमा टि२० आईमा उत्ृकष्ट प्रदर्शन गरेका थिए ।

उनी स्पिन बलिङ समेत गर्ने गर्दछन् । आइपिएलमा मुम्बई इन्डियन्सबाट राम्रो खेल खेल्दै भारतीय टोलीमा स्थान बनाएका थिए । भारत फाइनलमा पुगि सकेको हुँदा प्रमुख खेलाडीलाई विश्राम दिएको हो ।

बेन्चमा भएका खेलाडीलाई मौका दिएकोछ । उता बंगलादेशले युवा उनी युवा तीव्र गतिका तान्जिम हसनलाई डेब्यू दिएको छ । भारत फाइनलमा पुग्दा बंगलादेश सुपर फोरबाटै बाहिरि सकेको छ ।

बंगलादेशको प्लेइङ ११ :

लिटन दास, चान्जिद हसन, अनुमल हक, सकिब अल हसन, तौहिद हृदोय, शमिम हसन, मेहदी हसन मिराज, मेहेदी हसन, नासुम अहमद, तानजिम हसन सकिब र मुश्ताफिजुर रहमान ।

भारतको प्लेइङ-११ :

रोहित शर्मा(कप्तान), शुभमन गिल, सुर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, अक्षर पटेल, शादुएल ठाकुर, मोहम्मद शामी र प्रसिद्ध कृष्णा ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.