1 year ago
September 15, 2023
एजेन्सी – एसिया कप २०२३ को फाइनलमा भारत र श्रीलंका भिड्ने भएका छन् । भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । बिहीबार राती निर्णायक खेलमा श्रीलंकाले पाकिस्तानलाई २ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
उपाधिका लागि यी दुई टोलीले आइतबार प्रतिस्पर्धा गर्नेछन् । सुपर फोरमा भारतले पाकिस्तानलाई २ सय २८ रन र श्रीलंकालाई ४१ रनले हराएको थियो । सुपर फोरको अन्तिम खेलमा भारतले आज बंगलादेशसँग खेल्दैछ । यो खेल प्रतिष्ठाको लडाईं मात्रै हुनेछ ।
भारत २ खेलमा ४ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । उता श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । भारतसँग हार्दा फाइनलमा पुग्न निर्णायक खेलमा पाकिस्तानलाई हराएको हो ।
पाकिस्तान ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ । बंगलादेश दुबै खेलमा जित विहीन छ । साविक विजेता श्रीलंका १२ औं पटक फाइनलमा पुगेको हो ।
भारत १० औं पटक पुग्दा पाकिस्तान पाँच र बंगलादेश तीन पटक फाइनल पुगेका छन् । भारतले सर्वाधिक ७ र श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेका छन् । पाकिस्तानले दुई पटक एसिया कपको उपाधि जितेको छ ।
श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]