default_image

12 months ago

September 14, 2023

निर्णायक खेलमा पाकिस्तानले टस जित्यो

576 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा श्रीलंकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । कोलोम्बोमा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । खेल ४५-४५ ओभरको हुनेछ । पावर प्ले ९ ओभरको हुनेछ ।

श्रीलंकाले टोलीमा दुई परिवर्तन गरेको छ । आजको खेलमा तीव्र गतिका बलर प्रमोद मदुशान र ओपनर कुशल परेरालाई मौका दिएको छ । कसुन रजिथा र दिमुथ करुणारत्नेलाई बेन्चमा राखेको छ । उता पाकिस्तानले पाँच खेलाडी परिवर्तन गरेको छ । बुधबार नै पाकिस्तानले पाँच परिवर्तन गरेको थियो ।

तर उक्त परिवर्तनबाट थप दुई परिवर्तन गरेको छ । ओपनर इमाम उल हक घाइते भएपछि फखार जमान टोलीमा फर्किएका छन् । जमान बुधबार पाकिस्तानको बेन्चमा थिए । त्यस्तै साउद सकिलको स्थानमा अब्दुल्लाह शफिक खेल्ने भएका छन् । साउद सफिकलाई ज्वरो आएको छ ।

पाकिस्तानको ओपनर इमाम उल हक, मध्यक्रमका ब्याटर अघा सलमान, तीव्र गतिका बलर हरिस रौफ, नसिम शाह र फहिम अशरफलाई बेन्चमा राखेको छ । युवा ब्याटर अब्दुल्लाह शफिक, स्पिन अलराउन्डर मोहम्मद नवाज, तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र जमान खानलाई श्रीलंकाविरुद्ध खेलाउनेछ । तीव्र गतिका बलर जमानको यो डेब्यू हो । रौफ र नसिम चोटका कारण टोलीमा नभएका हुन् ।

यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । तर वर्षाको कारण खेल रद्द भएमा श्रीलंका नेटरनरेटको कारण फाइनलमा स्थान बनाउनेछ ।

सुपर फोर खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराउँदा भारतसँग २ सय २८ रनको लज्जास्पद हार व्यहोरेको थियो । उता श्रीलंकाले बंगलादेशलाई २१ रनले हराउँदा भारतसँग ४१ रनको हार व्यहोरेको थियो । भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ ।

समान २ अंक भएपनि नेटरनरेटको कारण श्रीलंका दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । श्रीलंकाको नेटरनरेट माइनस ०.२०० र पाकिस्तानको माइनस १.८९२छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.