9 years ago
September 21, 2015
काठमाडौं, असोज ४
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) रोयल स्ट्याग कर्पोरट क्रिकेटमा सोमबार डब्लूडब्लूएफलाई ४१ रनले हराएको छ ।
टस जितेर फिल्डिङ रोजेको एनएसजेएफले निर्धारित १२ ओभर ७७ रनमा रोकेको थियो । जवाफमा एनएसजेएफले १२ ओभरमा १ सय १८ रन बनाएको थियो । एनएसजेएफका का सुवास हुमागाईले सर्वाधिक ४०, आभाष घिमिरेले २१ रन बनाएका थिए ।
पहिलो खेलमा पायोनियर सोलुसन्ससाग हारेको एनएसजेएफले शनिबार समूह चरणको अन्तिम खेल शनिबार खेल्नेछ । प्रतियोगिता कोटेश्वरको अल्टिमेट इन्डोर क्रिकेटले आयोजना गरेको हो ।
अल राउण्ड प्रदर्शन गरेका एनएसजेएफका सुवास हुमागाई म्यान अफ द म्याच घोषित भए ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 19, 2025
एजेन्सी – पाकिस्तान र युएईमा च्याम्पियन ट्रफी आज सुरु हुँदैछ। पहिलो खेल घरेलु टोली पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ । कराँचीस्थित नेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। साविक विजेता पाकिस्तान मोहम्मद रिजवानको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ । सन् २०१७ मा इङ्ग्ल्यान्डमा भएको पछिल्लो संस्करणमा भारतलाई १ सय ८० रनले […]
February 18, 2025
एजेन्सी – पाकिस्तानले झन्डै तीन दशक पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को प्रतियोगिता आयोजना गर्दै छ । पाकिस्तानले सन् १९९६ मा ओडिआई विश्व कपपछि पहिलो पटक कुनै आइसिसीको प्रतियोगिता आयोजना गर्न लागेको हो । त्यो हो च्याम्पियन्स ट्रफी । साविक विजेता समेत रहेको पाकिस्तानले बुधवार सुरु हुने च्याम्पियन्स ट्रफीको आयोजना गर्न लागेको हो । केहि खेल […]