default_image

10 months ago

September 13, 2023

स्टोक्स दोहोरो शतकबाट चुके, इंग्ल्यान्डको विशाल योगफल

5323 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका मध्यक्रमका ब्याटर बेन स्टोक्सको अद्भुत शतकमा इंग्ल्यान्डले तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई ३ सय ६९ रनको विशाल लक्ष्य दिएको छ । लन्डनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड ४८.१ ओभरमा ३ सय ६८ रनमा अल आउट भयो ।

इंग्ल्यान्डका बेन स्टोक्सले १ सय २४ बलमा १५ चौका र ९ छक्कासहित १ सय ८२ रनको विष्फोटक शतकीय इनिङ खेले । बेन स्टोक्सको ओडिआई करिअरको चौथो र सर्वोत्कृष्ट प्रदर्शन हो । यसअघि स्टोक्सको ओडिआईमा उच्च प्रदर्शन २०१७ मा अष्ट्रेलियाविरुद्ध १ सय २ रन मात्रै थियो ।

गत जुलाईमा ओडिआईबाट सन्न्यास लिएका थिए । तर विश्वकपको लागि इंग्ल्यान्डले आग्रह गरेपछि सन्न्यास फिर्ता लिएका थिए । यस प्रदर्शनले इंग्ल्यान्डको मनोबल झनै बढ्नेछ ।

स्टोक्स इंग्ल्यान्डबाट ओडिआईमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन् । उनले २०१८ मा ओपनर जेसन रोयको अष्ट्रेलियाविरुद्ध १ सय ८० रनको कीर्तिमान तोडे । स्टोक्स बेन लिस्टरको ४५ औं ओभरको तेस्रो बलमा विल याेंगबाट क्याच भएपछि दोहोरो शतकको अवसर गुमाएका थिए ।

ओपनर डेविड मलान ९५ बलमा १२ चौका र १ छक्कासहित ९६ रनमा आउट भए । तेस्रो विकेटका लागि मलान र स्टोक्सले १ सय ९९ रनको साझेदारी गरेका थिए ।

ठूलो सटको चक्करमा अन्य ब्याटर भने सस्तैमा आउट भए । कप्तान जस बटलर २४ बलमा ६ चौका र १ छक्कासहित ३८, लियाम लिभिङस्टोन ११, मोईन अली १२, जो रुट ४ र जोनी बेयरस्टो डक आउट भए ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ९.१ ओभरमा ५१ रन खर्चेर ५ विकेट लिए । बेन लिस्टरले ९ ओभरमा ६९ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसन र ग्लेन फिलिप्सले एक एक विकेट लिए । चार खेलको ओडिआई सिरिज १-१ को बराबरीमा छ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.