default_image

1 year ago

September 11, 2023

मधेश प्रदेशका चार प्रतिनिधिको टुङ्गो

294 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले आगमी असोज ५ र ६ गते काठमाडौंमा हुने नेपाल क्रिकेट संघ(क्यान)को चुनावमा पठाउने चार प्रतिनिधिको टुङ्गो लगाएको छ । सोमबार बसेको मदेश प्रादेशिक संघले केन्द्रको चुनावको लागि अक्ष्यक्ष सुनिल महासेठ, उपाध्यक्ष पवन कुमार गुप्ता, सचिव आयुश श्रेष्ठ र कोषाध्यक्ष सुवास जयसवाललाई चयन गरेको हो ।

उक्त चार जनाले क्यानको चुनावमा प्रदेशको तर्फबाट मतदान गर्नेछन् । मधेश प्रदेशमा क्यानको मान्यता प्राप्त जिल्ला ८ जिल्ला( सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र बारा) बाट एक एक प्रतिनिधि आउनेछन् । हरेक जिल्लाका एक एक प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

बागमती प्रदेशले अध्यक्ष पारस खड्कासहित ललिपुरका शेखर श्रेष्ठ र मकवानपुरका प्रेमबहादुर क्षेत्रीलाई प्रादेशिक प्रतिनिधि चयन गरेको थियो । क्यान निर्वाचनमा कुल ८८ मत रहेकोमा २ कार्यसमिति पद रिक्त हुँदा ८६ मत हुनेछ ।

प्रदेशको हकमा हरेक २ जिल्ला बराबर १ मत प्राप्त गर्नेछन् । हरेक जिल्लाका एक प्रतिनिधिले भोट हाल्न पाउनेछन् । त्यस्तै प्रशिक्षक संघ र अम्पायर तथा स्कोरर संघले भने १-१ मत हाल्नेछन् ।

क्यान अध्यक्ष जित्न ४४ मत लिनुपर्ने हुन्छ । चतुरबहादुर चन्द नै पुन अध्यक्षमा निर्वाचित हुने उच्च सम्भावना छ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.