default_image

10 months ago

September 11, 2023

न्युजिल्यान्डले विलियम्सनको कप्तानीमै विश्वकप खेल्ने

623 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटका वर्तमान समयका एक उत्कृष्ट कप्तान केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डले आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने भएको छ ।

३३ वर्षीय विलियम्सन गत मार्चमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सबाट चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । त्यसपछि विलियम्सनले कुनैपनि क्रिकेट खेलेका छैनन् ।

बायाँ खुट्टाको घुँडाको क्रुसिएट लिगामेन्टमा चोट लागेपछि शल्यक्रिया गर्नु परेको थियो । शल्यक्रिया र लगातार रियाबपछि उनले विश्वकप खेल्ने भएका छन् । विलियम्सन विश्वकप खेल्ने वा नखेल्ने लगातार अन्यौल रहँदै आएको थियो ।

विलियम्सन टोलीमा फर्किदा न्युजिल्यान्डको शीर्षक्रम ब्याटिङ मजबुतसँगै कप्तानी उत्कृष्ट हुनेछ । २०१९ को एकदिवसीय विश्वकप फाइनल खेल टाइ र सुपर ओभर पनि टाई भएपछि इंग्ल्यान्ड खेलमा बढी चौका र छक्का प्रहार गरेको आधारमा च्याम्पियान बनेको थियो । विलियम्सन कप्तानीबाट खेललाई मोड्न सक्ने गुण राख्ने खेलाडी हुन् ।

विलियम्सनले १ सय ६१ ओडिआई खेलमा १३ शतक र ४२ अर्धशतकसहित ६ हजार ५ सय ५४ रन बनाएका छन् । विलियम्सनले युवा ब्याटर मार्क च्यापम्यान, डेभन कन्वे, डर्याल मिचेल, ग्लेन फिलिप्स, रचिन रविन्द्र र विल योंग पहिलो पटक विश्वकप टोलीमा परेका छन् ।

ट्रेन्ट बोल्ट, केन विलियम्सन र टिम साउथी चौथो पटक एकदिवसीय विश्वकप टोलीमा परेका छन् । न्युजिल्यन्डले आइसिसी प्रतियोगितामा सानदार प्रदर्शन गर्नुमा यी तीन खेलाडीको योगदान निकै महत्वपूर्ण हुनेछ ।

विश्वकप आगमी अक्टोबर ५ देखी नोभेम्बर १९ सम्म भारतमा हुनेछ । न्युजिल्यान्डले पछिल्ला दुई एकदिवसीय विश्वकप २०१५ र २०१९ को फाइनल खेलेको छ । न्युजिल्यान्ड पहिलो पटक विश्वकप उपाधि जित्न चाहन्छ । विश्वकपमा न्युजिल्यान्डले पहिलो खेल ५ अक्टोबरमा अहमदाबादमा उद्धघाटन खेल खेल्दै सुरुवात गर्नेछ ।

न्युजिल्यान्डको टोली :

केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम (उपकप्तान तथा विकेटकिपर), डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनार, ईश सोधी, टिम साउथी र विल योंग ।

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

June 30, 2024

टि ट्वान्टी आईबाट विराटको सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्। भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए। भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ […]

Success

Thank you for your time.