default_image

8 years ago

January 17, 2017

आर्मीलाई हराउँदै पुलिस रुस्लान कप च्याम्पियन

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो रुस्लान कपको फाइनलमा नेपाल पुलिस क्लाबले त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधी हात पारेको छ । अघिल्लो संस्करणमा पनि आर्मी फाइनलमा पुलिससँग  पराजित भएको थियो ।

winner-team-nepal-police-club

पहिलो ब्याटिङ गरेको आर्मीले १ सय ४२ रन बनाउदा निर्धारित २० अाेभरमा ६ विकेट गुमायो । आर्मीकालागी कप्तान विनाेद भण्डारीले ४० रनको योगदान दिएका थिए । त्यस्तै साेमपाल कामीले नटअाउट रहदै १५ रन जाेडे भने राजेश पुलामीले ३८, नरेश बुढाएेरले २८ र  अनिल मण्डलले १५ रन जोडेका थिए ।

ओपनर सागर पुनलाइ छिट्टै गुमाएको आर्मीका लागि अर्का ओपनर अनिल मण्डलले पनि खासै रन बनाउन सकेनन्। मध्यक्रममा राजेश पुलामी मगर र बिनोद भण्डारीले सुदृढ प्रदर्शन गरेपछि आर्मीले १सय ४३ रन्को लक्ष्य प्रस्तुत गरेको थियो। पुलिसका लागी ललितसिंह भण्डारी र कुशल भूर्तेलले २-२ विकेट लिए भने मञ्जित श्रेष्ठ र ललित राजवंशीले समान १ विकेट हात पारे।

१ सय ४३ रनको लक्ष्य पछ्याएको पुलिसले १९ ओभरको समाप्तिमा सिद्धान्त लाेहनीको छक्कासंगै शानदार शैलीमा उपाधि कब्जा गर्‍यो । पुलिसका दीपेन्द्रसिंह एेरीले नटआउट ४२ र कुशल भूर्तेलले ३४ रन जोडे भने विजयी रन प्रहार गरेका लोहनीले ४ बलमा ९ रन प्रहार गरे । ३२ रनको स्थितिमा तिन विकेट गुमाएको पुलिसलाई भुर्तेल र एरिको छैठौं विकेटकालागि गरेको ५८ रनको साझेदारीले जितको लागि आधार खडा गरेको थियो।

उपाधिसँगै पुलिसले तीन लाख हात पार्यो भने उपबिजेता अार्मीले दुइ लाख रूपैयामा चित्त बुझाउनु पर्‍यो। यस्तै, आर्मीका सगर पुन उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने आर्मीकै जितेन्द्र मुखिया उत्कृष्ट बलर चुनिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका पुलिसका सुनिल धमला ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए।

February 1, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुराको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा फ्रेडस क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिवारबाट धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमी(डिसीए)माथि डडेलधुराले ८ विकेटको जित हासिल गरेको हो । डिसीएले दिएको १ सय ३३ […]

February 1, 2025

प्रशिक्षक मोन्टीको सम्झौता सकियो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता थप नगरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षक मोन्टीलाई बिदाइ गरेको जनाएको छ । उनको २ वर्षे सम्झौता यही फेब्रुअरीबाट सकिएपछि सम्झौता नविकरण नगरिएको क्यानले जनाएको छ । क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना पनि […]

February 1, 2025

नान्नापतको अर्धशतकमा थाइल्याण्डको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नान्नापत खोन्चरोएन्कको अर्धशतकमा थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । थाइल्याण्डले शनिवार नेपाललाई ४ विकेटले हराएको छ । १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि नान्नापतले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । उनले […]

Success

Thank you for your time.