default_image

1 year ago

September 9, 2023

कन्वे र मिचेलको शतकमा न्युजिल्यान्डको सानदार जित

1253 views

0 Bookmark

एजेन्सी – ओपनर डेभन कन्वे र डर्याल मिचेलको उत्कृष्ट शतकमा न्युजिल्यान्डले पहिलो ओडिआई खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ८ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै चार ओडिआई खेलको सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ ।

जितको लागि २ सय ९२ रनको बलियो विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा डर्याल मिचेलले ९१ बलमा ७ चौक र ७ छक्कासहित १ सय १८ रनको विष्फोटक अविजित शतकीय इनिङ खेले ।

डेभन कन्वे १ सय २१ बलमा १३ चौका र १ छक्कासहित १ सय ११ रनमा नटआउट रहे । तेस्रो विकेटका लागि कन्वे र मिचेलले १ सय ५२ बलमा १ सय ८० रनको अजिजित साझेदारी गरेका थिए । विल योंग २९ र हेनरी निकोलस २६ रनमा आउट भए । इंग्ल्यान्डका आदिल राशिद र डेविड विल्लीले एक एक विकेट लिए ।

त्यसअघि कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थिये । उक्त योगफल जितको लागि पर्याप्त देखिएन ।

इंग्ल्यान्डका कप्तान जस बटलरले ६८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ७२ रनको इनिङ खेलेका थिए । ओपनर ह्यारी ब्रुक र डेविड मलानले १५ ओभरमा ८० रन जोड्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

मलान ५३ बलमा ९ चौकासहित ५४ रनमा स्पिनर रचिन रविन्द्रको बलमा आउट भए । ब्रुक ४१ बलमा २ चौकासहित २५ रनमा आउट भए । फिनिसर लियाम लिभिङस्टोनले ४० बलमा ३ चौका र ३ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेलेका थिए । डेविड विल्ली ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहे ।

न्युजिल्यान्डको जितमा टिम साउथीले १० ओभरमा ७१ रन खर्चेर २ विकेट लिएका थिए । रचिन रविन्द्रले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसनको नाममा १ विकेट रह्यो । दोस्रो खेल शनिबार साउथह्याप्टनमा हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.