1 year ago
September 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कपमा वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल पुन सुरु हुने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाउँदा बर्षाको कारण खेल रोकिएको थियो ।
वर्षाको कारण खेल ४५ मिनेट रोकिन पुगेको थियो । ओभर भने घट्ने छैन । खेल नेपाली समय अनुसार ७ बजे सुरु हुनेछ ।एसिसीको नियम अनुसार एक घण्टा अतिरिक्त समय हुँदा ओभर नघटेको हो । तर अव पुन रोकिएको खण्डमा भने ओभर घट्ने पक्का छ ।
नेपालका दीपेन्द्रसिंह ऐरी २० बलमा ३ चौकासहित २७ र सोमपाल कामी २० बलमा १ चौकासहित ११ रनबाट खेल्न सुरु गर्नेछन् । नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रन बनाउँदै आउट भएका थिए ।
ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९।५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।
नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । यी तीनै ब्याटर स्पिनर रविन्द्र जडेजाको बलमा आउट हुन पुगे । गुलशन झा ३५ बलमा ३ चौकासहित २३ रनमा आउट भए ।
भारतका रविन्द्र जडेजाले ९ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिएका छन् । मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित ४६ रन खर्चेर २ विकेट लिएका छन् ।
December 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् । जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करणमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चार(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश) टिमको सहभागीता रहनेछ । राष्ट्रिय […]
December 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आगामी पुष २१ बाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको प्रारम्भिक टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ(क्यान)ले बिहीवार नै प्रतियोगिताको खेल तालिका घोषणा गरेको थियो । खेलतालिका अनुसार बागमतीको पहिलो […]
December 26, 2024
एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले जरीवाना गरेको छ । मेलवर्नमा जारी रहेको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको चौथो टेस्टमा अस्ट्रेलियाका १९ वर्षीय खेलाडी साम कोन्स्टाससँग विवाद भएपछि कोहलीलाई म्याच फीको २० प्रतिशत जरिवाना र एक डिमेरिट प्वाइन्ट दिइएको हो । यो घटना बिहीवार खेलको दशौं ओभरपछि भएको थियो […]