2 years ago
September 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।
भारतले टोलीमा एक परिवर्तन गरेको छ । जस्प्रित बुमराहको स्थानमा मोहम्मद शामीलाई मौका दिएको छ ।नेपालले एक परिवर्तन गरेको छ । भीम सार्की टोलीमा फर्किदा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन भने गरेको छैन ।
नेपालले ब्याटिङमा भीम सार्कीलाई मौका दिएको हो । भीमले तेस्रो नम्बरमा खेल्ने सम्भावना छ । भीमले तेस्रो नम्बरमा खेल्दा रोहित चौथो नम्बरमा फर्किनेछन् । पाकिस्तानविरुद्ध रोहितले तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
भारतको प्लेइङ ११ :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, जस्प्रित बुमराह, लोकेश राहुल, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शिराज र कुलदीप यादव ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]