default_image

8 years ago

January 16, 2017

रुस्लान क्रिकेटको फाइनलमा पुलिस र आर्मी भिड्ने

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेल्कुद) – रुस्लान कप क्रीकेटको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन । आज भएको पहिलो सेमिफाइनलमा न्यू हाेरार्इजनलाई ६ विकेटले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनलमा एसपिएलाई ७० रनले पाखा लगाउदै आर्मी ले फाइनलमा स्थान पक्का गरेको हो ।

sagar-pun

म्यान अफ द म्याच दिपेन्द्र ऐरिको ३ विकेटमा पुलिसले न्यू हाेरार्इजनलाई २० ओभरको अन्त्यमा सबै विकेट समेट्दै ८२ रनमा रोक्न सफल भयो ।  न्यू हाेरार्इजनलाई सेमिफाइनलमा स्थान दिलाउन राम्रो योगदान दिलाएका कृष्ण कार्की सेमिफाइनलमा पनि २७ बलको सामना गर्दै २५ रनमा अविजित रहे । ८३ रनको सानो लक्ष्य पछ्याएको पुलिसले १८औं ओभरमा ३ विकेट गुमाउदै चुनौती पार गर्‍यो । पुलिसकोलागी सुनिल धमलाले ३६ रन जोडे ।

आजै भएको दोस्रो सेमिफाइनलमा आर्मी को विशाल योगफल एसपिएलाई भारी पर्‍यो । सागर पुनको बिष्फोटक ब्याटिङले आर्मी ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन जोड्यो । सागर पुनले ५६ बलको सामना गर्दै ८ चौका र १ छक्काको मद्धतले ७५ रनको योगदान दिए । त्यस्तै राजेश पुलामिले ५५ र अनिल मण्डलले ३० रन जोडे ।

जवाफमा एसपिएले २० ओभरमा ७ विकेट गुमाउदै ११७ रन मात्र जोड्यो । एसपिएकालागी ओपनर बिजय राणा र रोमन बामले क्रमश: ३८ र २५ रनको योगदान दिए । आर्मीका अविनाश कर्णले ३ विकेट लिए ।

February 1, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुराको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा फ्रेडस क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिवारबाट धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमी(डिसीए)माथि डडेलधुराले ८ विकेटको जित हासिल गरेको हो । डिसीएले दिएको १ सय ३३ […]

February 1, 2025

प्रशिक्षक मोन्टीको सम्झौता सकियो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता थप नगरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षक मोन्टीलाई बिदाइ गरेको जनाएको छ । उनको २ वर्षे सम्झौता यही फेब्रुअरीबाट सकिएपछि सम्झौता नविकरण नगरिएको क्यानले जनाएको छ । क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना पनि […]

February 1, 2025

नान्नापतको अर्धशतकमा थाइल्याण्डको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नान्नापत खोन्चरोएन्कको अर्धशतकमा थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । थाइल्याण्डले शनिवार नेपाललाई ४ विकेटले हराएको छ । १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि नान्नापतले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । उनले […]

Success

Thank you for your time.