default_image

1 year ago

September 3, 2023

आफ्नै देशलाई हराउने मोन्टी रणनीति

1745 views

0 Bookmark

‘जननी जन्मभूमिश्व स्वर्गादपि गरीयसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान् हुन्छन् । भनिन्छ जन्मभूमि मुटु भन्दा पनि प्यारो अनि स्वर्ग भन्दा सुन्दर हुन्छ । तर सोमबार एसिया कपमा भारतविरुद्ध खेल्दा नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईको हकमा यो लागु हुनेछैन । मोन्टी आफ्नो देश भारतलाई नै हराउन रणनीति बनाउनु पर्ने हुन्छ ।

व्यावसायिक खेल जीवनमा उनी फेरी एकपटक जन्मभूमि नभएर कर्मभूमिको हितमा काम गर्नेछन् । मोन्टीले आफ्नो देशलाई हराउन नेपालबाट रणनीति दोस्रो पटक बनाउनेछन् । सन् २०१७ को यू१९ एसिया कपमा नेपालले भारतलाई हराउदा मोन्टी नेपालका ब्याटिङ प्रशिक्षक थिए । नेपाली कुनैपनि क्रिकेट इतिहासमा भारतलाई हराएको त्यो नै एकमात्रै खेल हो ।

नेपाल श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतविरुद्ध उत्रनेछ । उक्त मैदानमा उत्रनु अघि मोन्टी भारतविरुद्ध राम्रो प्रदर्शन गर्न हर प्रयास रणनीति बनाउनेछन् । कप्तान रोहित पौडेल, खेलाडी र मोन्टीबीच छलफल हुनेछ । मैदान प्रवेशपछि हरेक टोलीको मुख्य उदेश्य जित नै हुन्छ ।

भारतलाई हराउन तब मात्रै सम्भव छ जब नेपालले जादुमयी प्रदर्शन गर्नसक्छ । अन्यथा नेपालको जित कल्पना बाहिर देखिन्छ । विश्वको एक उत्कृष्ट टोली भारत र उनीहरुका खेलाडीविरुद्ध खेल्न पाउनु नै ठूलो उपलब्धि हो ।

मोन्टीले नेपाली क्रिकेटमा जादुगर जस्तै गर्दै आएका छन् । उनी र नेपाली टोलीको जादुमा नेपालले ओडिआई मान्यता बचेको थियो । उनी त्यो समय नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा आएका थिए जुन अवस्थामा ओडिआई मान्यता लगभग गुमेको अवस्था थियो । ओडिआई मान्यता बच्नेमा कमैले विश्वास गर्थे ।

नेपाललाई ओडिआई सोझै जोगाउन आइसिसी विश्वकप लिग–२ मा १२ मध्य ९ जित आवश्यक प्रर्दथ्यो । नेपाली टोली २ सय रन बनाउन नै निकै संघर्ष गर्नु परेको थियो । मोन्टीले १२ मध्य ११ खेल जिताउँदै ओडिआई मान्यता मात्रै होईन सोझै विश्वकप छनोटमा पुर्याए । २ सय होईन नेपाल ३ सय को आसपासमा लगातार रन बनाउन सक्ने बनाए ।

ब्याटिङ लाइनअपलाई थप मजबुत बनाए । टिमलाई एक बनाएर अघि बढाए । ह्याप्पी ड्रेसिङ रुम अभियान चलाउँदै नेपाली क्रिकेटमा एकपछि अर्को परिवर्तन गरे । मनोबल र स्तर दुवैमा सुधार गरे । नेपाललाई एसिसी प्रिमियर कपको उपाधि जित्दै भारत र पाकिस्तानसँग खेल्ने सपना साकार पारे ।

पाकिस्तानविरुद्ध नेपाल खेलिसकेको छ । भारतविरुद्ध खेल्दैछ । विश्व क्रिकेटका उत्कृष्ट ब्याटर विराट कोहली र रोहित शर्माविरुद्ध नेपाली बलरले बलिङ गर्नेछन् । विश्वका एक उत्कृष्ट तीव्र गतिका बलर जस्प्रित बुमराहविरुद्ध नेपाली ब्याटरको प्रदर्शन हेर्न लायक हुनेछ ।

चाइनाम्यान स्पिनर कुलदीप यादव र नेपाली ब्याटरको स्वीप हेर्न धेरै आतुर छन् । भारतसँगको खेलमा सबैभन्दा प्रतिक्षा कोहलीको प्रदर्शन हुनेछ । वर्तमान विश्व क्रिकेटका उत्कृष्ट ब्याटर कोहली नेपालविरुद्ध कसरी प्रस्तुत हुन्छन् त्यो हेर्न बाँकी छ ।
मोन्टीलाई राम्रो प्रदर्शनको चुनौती पनि छ ।

भारतमा रोहित, शुभमन गिल, कोहली, श्रेयस ऐर, ईशान किशन जस्ता ब्याटर छन् । हार्दिक पान्ड्या र रविन्द्र जडेजा विश्वका उत्कृष्ट अलराउन्डर हुन् । भारतले टस जित्दा होस् वा हार्दा पहिला ब्याटिङ गर्ने सम्भावना देखिन्छ । भारतको रणनीति आक्रामक रुपमा रन जोड्दै विशाल योगफल बनाउने हुनेछ । विश्वस्तरिय ब्याटर हुँदा रनको वर्षा गराउन सक्छ ।

जस्प्रित बुमराह, मोहम्मद शिराज र शार्दुल ठाकुरको तीव्र गति सामना गर्दै रन जोड्नुपर्ने हुन्छ । २०१७ को यू–१९ एसिया कपमा नेपालले हराउँदा मोन्टी नेपाली टोलीका ब्याटिङ प्रशिक्षक थिए । भारतीय यू–१९ टोली राहुल द्रविडले हेरेका थिए । मोन्टी नेपालको र द्रविड भारतको मुख्य प्रशिक्षकको रुपमा एसिया कपमा भिड्दैछन् ।

मोन्टीलाई गुमाउनु केहि छैन । तर द्रविडलाई केहि दबाब हुनेछ । यदि नेपालसँग हार्यो भने भारत समूह चरणबाटै बाहिरिनु पर्ने हुन्छ । २०१७ मा भारतीय यू–१९ टोली नेपालसँगको हारको कारण समूह चरणबाटै बाहिरिएको थियो । दुबै देशलाई एउटा चिन्ताले सताउनेछ । त्यो हो वर्षा । नेपाल र भारतबीचको खेलमा वर्षा हुने सम्भावना छ । उक्त खेलको समयमा वर्षा हुने बलियो सम्भावना छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.