2 years ago
September 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा आज भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा सुरु हुनेछ । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल लगभग पक्कापक्की जस्तै बनाउन चाहन्छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले बहराइनलाई ३१ रनमा अल आउट गर्दा २.५ ओभरमै पूरा गरेको थियो ।
बहराइनविरुद्ध ३ चौकासहित १८ रन बनाएकी कविता कुँवरलाई नेपालले आजको खेलमा ओपनरलाई खेलाउन सक्छ । कविता आक्रामक ब्याटर हुन् । कविताले ओपनिङ गर्दा काजोल श्रेष्ठले तल्लोक्रममा खेल्न सक्छिन् ।
सीता रानामगर, इन्दु बर्मा र रुविना क्षेत्री बेलबासे नेपालका प्रमुख खेलाडी हुन् । यी तीन खेलाडीको ब्याटिङ र बलिङ दुबै निकै महत्वपूर्ण हुनेछ । नेपाल कमजोर भुटानमाथि सहज जित हात पार्न चाहन्छ ।
नेपालले भने आक्रामक रुपमा रन जोड्न आवश्यक देखिन्छ । बहराइनसँगको खेल बाहेक अन्यमा नेपालले निकै सुस्त गतीमा ब्याटिङ गर्दै आएको छ । तीव्र गतिका बलर अश्मिना कर्माचार्य र कविता कुँवरको जोडी भुटानलाई घातक बन्नसक्छ । त्यस्तै स्पिनर खुशी डंगोलले पनि राम्रो प्रभाव जमाउँदै आएकी छिन् ।
तुलनात्मक रुपमा कमजोर भुटानविरुद्ध नेपालले बेन्चमा भएका रुवि पोदार, ईश्वरी विष्ट र विन्दु रावललाई खेल्ने अवसर दिनसक्छ । टोलीमा परिवर्तनको सम्भावना छैन । तर बेन्चमा भएका खेलाडीलाई मौका भने दिनसक्ने सम्भावना रहन्छ ।
भुटान पहिलो खेलमा युएईसँग ९ विकेटले पराजित भएको थियो । बहराइनलाई ८ विकेटले हराएको थियो । भुटानकी कप्तान देखेन वांग्मो, कर्मा देम्बा र अन्जु गुरुङ प्रमुख खेलाडी हुन् ।
तीव्र गतिकी बलर अन्जु भुटानकी प्रमुख हतियार हुन् । विदेशी लिग समेत खेल्दै आएकी भुटानी अन्जु नेपाली ब्याटरलाई निराश बनाउन सक्छिन् । नेपाल र भुटानबीच दुई खेल भएको छ । दुबै खेलमा नेपालले सहज जित हात पारेको छ ।
नेपालले मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप छनोट खेल्न पाउनेछन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]