1 year ago
September 1, 2023
काठमाडौं ( हाम्रो खेलकुद) –नेपाल भेन्ट्रास क्रिकेटर संघको आयोजनामा शनिबार देखी टियु क्रिकेट मैदानमा नेपाल र कुवेतबीच भेन्ट्रास टि२० सिरिज हुने भएको छ । आयोजक भेन्ट्रास संघले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै सिरिजको बारे जानकारी गराएको छ ।
नेपालको टोलीबाट पूर्वकप्तान परेश लोहनी, पवन अग्रवाल, अलराउन्डर दीपेन्द्र चौधरी लगायतका खेलाडी खेल्नेछन् । दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ ।
भेन्ट्रास क्रिकेटरहरुको हक र हितमा आधारित कार्यक्रमहरु ल्याउने र क्रिकेटको विकासमा हातेमालो गर्ने आफ्नो उदेश्य रहेको संघले जनाएको छ । राष्ट्रबाट प्रतिनिधित्व गरि आफ्नो अमूल्य योगदान दिएका पूर्व खेलाडीहरुको विकासमा केहि योगदान दिन सक्ने उदेश्यले भेन्ट्रास संघको स्थापना गरेको अध्यक्ष विजय शर्माले जानकारी दिएका छन् । उक्त सिरिजको परामर्शदाता पन्त ग्लोबल कन्सल्ट्यान्सी प्रायोजक रहेको छ ।
नेपाल भेन्ट्रास टोली :
किरन राना (कप्तान), राजु बस्नेत (उपकप्तान), उदय बहादुर थापा, प्रफुल्ल बैद्य, मन्जुर आलाम, दीपेन्द्र चौधरी, रोशन सिंह, सुमन यदय (विकेटकिपर), कीर्तरथ शाक्य(विकेटकिपर), रिकेश लामा, सन्जय श्रेष्ठ, पवन अग्रवाल, परेश लोहनी, सुदीप शर्मा र विकाश सिंह ।
मुख्य प्रशिक्षक – सुनोज भट्टाई
सहायक प्रशिक्षक – पुर्नेदु घोष
टिम व्यवस्थापक – कर्ण थापा
टिम फिजियो – लोकेन्द्र कुँवर
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]