2 years ago
September 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान)को जिल्ला र प्रादेशिक संघको चुनाव सम्पन्न भएको छ । क्यानका सदस्यता प्राप्त ४५ जिल्ला र सातै प्रदेशको चुनाव सकिएको छ । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्काले बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्ष पदमा जितेका छन् ।
पारसले काठमाडौं जिल्लाको सदस्य हुँदै बागमतीको अध्यक्षमा लडेका थिए । चितवनका उमेश पियालाई ९ भोटले हराउँदै पारसले बागमतीको अध्यक्ष जितेका हुन् ।
योसँगै अव पारसले क्यानको प्रमुख पदमा लड्ने सम्भावना उच्च बनेको छ । पारसले अव केहि दिनपछि औपचारिक रुपमा आफू कुन पदमा लड्ने घोषणा गर्नेछन् । क्यानको चुनाव आगमी असोज पहिलो साता हुँदैछ । उक्त चुनावमा कुल ८६ मत रहेको छ ।
क्यान निर्वाचनमा कुल ८८ मत रहेकोमा २ कार्यसमिति पद रिक्त हुँदा ८६ मत हुनेछ । प्रदेशको जिल्ला र प्रदेशको मतभार विस्तृत रुपमा यसरी विभाजन गरिएको छ । प्रदेशको हकमा हरेक २ जिल्ला बराबर १ मत प्राप्त गर्नेछन् । हरेक जिल्लाका एक प्रतिनिधिले भोट हाल्न पाउनेछन् । त्यस्तै प्रशिक्षक संघ र अम्पायर तथा स्कोरर संघले भने १-१ मत हाल्नेछन् ।
१.कोशी प्रादेशिक क्रिकेट संघ अध्यक्ष : सर्वजित पाण्डे
जिल्ला जित्ने अध्यक्षहरु
मोरङ – मोहम्मद बाबु साद
सुनसरी – चेतनाथ पौडेल
इलाम – अर्जुन पौडेल
झापा – प्रबिन थापा
उदयपुर – अल्विन बस्नेत
२.मधेश प्रादेशिक संघ अध्यक्ष : सुनिल महासेठ
जिल्ला जित्ने अध्यक्षहरु
सप्तरी – आयुष श्रेष्ठ
सिराहा – सुनिल महासेठ
धनुषा – शोभाकान्त पाण्डे
महोत्तरी – रोशन सिंह
सर्लाही – माधव कर्माचार्य
रौतहट – पवनकुमार गुप्ता
पर्सा – मनिश सिंह
बारा – प्रभात चौरसिया
३.बागमती प्रादेशिक क्रिकेट संघ अध्यक्ष : पारस खड्का
जिल्ला जित्ने अध्यक्षहरु
मकवानपुर- करण महत्रा क्षेत्री
चितवन – सुदीप पिया
ललितपुर – श्रेखर श्रेष्ठ
भक्तपुर – मनिषराज पाण्डे
काठमाडौं – दिवाकर घले
नुवाकोट- दुर्गाराज पाठक
४.गण्डकी प्रादेशिक संघ अध्यक्ष :संन्जय कान्त सिंग्देल
कास्की – सञ्जय सिंग्देल
तनहुँ – मदन तिमिल्सेना
स्याङ्जा – दीवाकर थापा
नवलपुर – धामनाथ सापकोटा
बाग्लुङ – विष्णुप्रसाद आचार्य
पर्वत – रमेश केसी
५.लुम्बिनी प्रादेशिक क्रिकेट संघ अध्यक्ष : सन्जय गुरुङ
जिल्ला जित्ने अध्यक्षहरु
रुपन्देही – हरि थापा
कपिलवस्तु – प्रकाश गैरे
नवलपरासी पश्चिम – कृष्ण श्रेष्ठ
पाल्पा- राजेश श्रेष्ठ
दाङ- प्रदीप मजगैयाँ
बाँके- सरोबार प्रसाईं
बर्दिया- विनय राजभण्डरी
६.कर्णाली प्रादेशिक क्रिकेट संघ अध्यक्ष : पदम खड्का
जिल्ला जित्ने अध्यक्षहरु
सुर्खेत- श्रीधर केसी
कालिकोट- खड्गजंग शाही
सल्यान – सबिन हमाल
दैलेख- सन्जिब बिसी
रुकुम पश्चिम- दीपक बाठा मगर
७.सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ अध्यक्ष : बाशुदेव जोशी
बैतडी- बिनोद बहादुर चन्द
कैलाली- विक्रम विष्ट
कञ्चनपुर- विरेन्द्र विष्ट
डोटी- दीनेश सिंह
डडेलधुरा – हरी उप्रेती
दार्चुला- देवेन्द्र भट्ट
अछाम- अनिल कुँवर
बझाङ- प्रबिन धामी
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिलो बलिङ रोज्दा टोलीमा एक परिवर्तन गरेका छन् । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ […]
April 15, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई कम योगफलको खेलमा पन्जाब किङ्सले १६ रनले हराएको छ। आइपिएल इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो । जितको लागि १ सय १२ रनको सहज लक्ष्य पछाएको कोलकाता १५.१ओभरमा मात्र ९५ रनमा अल आउट भयो। कोलकाताले जित निकाल्ने राम्रो […]