1 year ago
September 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
पारसले अर्का अध्यक्षका प्रत्याशि उमेश पियालाई ९ भोटले हराउँदै अध्यक्षमा जितेका हुन् । कुल ३७ मत भएको बागमती प्रदेशको चुनावमा पारसले २३ र उमेश पियाले १४ भोट प्राप्त गरे । पारसको पुरै प्यानल नै बागमतीको अध्यक्षमा विजयी भएको छ ।
उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री विजयी भएका छन् । उनले रुपक रञ्जितलाई पराजित गरे । प्रेमले २३ र रुपकले १४ भोट प्राप्त गरे । त्यस्तै सचिवमा प्रशन्न शाक्यविजयी भएका छन् । प्रशन्नले २३ र प्रज्वल सापकोटाले १४ मत प्राप्त गरे । कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् । सन्जयले २३ र विजय बोहोरा १४ भोट प्राप्त गरे ।
सदस्यहरुमा अजय विर पाण्डे(२३), अनिल अधिकारी, (२३), सन्जोग पोखरेल(२३), सुजन महर्जन(२३), नीराराजोपाध्याय(निर्विरोध), धिरज श्रेष्ठ(२३), शेखर श्रेष्ठ (२३), वसन्तराज सत्याल,(२३) र अनुपमान श्रेष्ठ (१६) मतका साथ विजयी भएका छन्।
बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले एक साताअघि पारसलाई समर्थन गर्ने बताएका थिए । चितवन र नुवाकोट भने पारसको विपक्षीमा लड्ने जनाएका थिए ।
बागमती प्रदेशमा कुल ३७ मत थियो । हरेक जिल्लाबाट ४ प्रतिनिधिले भोट हालेका थिए । बागमती प्रदेश कार्यसमितिका १३ जनाले भोट हालेका थिए । पारसले प्यानलले यसअघिनै कम्तिमा २३ मत पाउने पक्का थियो ।
योसँगै ४५ जिल्ला र सात प्रदेशको चुनाव सकिएको छ । कोशी प्रादेशिक क्रिकेट संघमा सर्वजित पाण्डे, मधेश प्रादेशि संघको अध्यक्षमा सुनिल कुमार महासेठ, बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का, गण्डकी प्रादेशिक क्रिकेट संघमा सञ्जय कान्त सिंग्देल, लुम्बिनी प्रादेशिक संघको अध्यक्षमा सञ्जय गुरुङ, कर्णाली प्रादेशिक संघको अध्यक्षमा पदम खड्का र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशीले जितेका थिए । क्यानको केन्द्रिय चुनावमा कुल ८६ भोट छ । अध्यक्ष जित्नको लागि ४४ भोट आवश्यक पर्दछ ।
पारसले बागमतीको चुनावपछि मात्रै केन्द्रको लड्ने बारे घोषणा गर्ने जनाएका थिए । पारसले केन्द्रको प्रमुख एक पदमा लड्ने सम्भावना छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]