2 years ago
September 1, 2023
एजेन्सी – एसिया कपमा नेपाल र भारतबीच हुने खेलको आधा भन्दा बढी टिकट ब्रिकी हुन बाँकी रहेको छ । नेपालले सोमबार भारतसँग श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । नेपाल र भारतबीचको खेल दिउँसो ३ : १५ मा सुरुहुनेछ ।
नेपालले खेल्ने उक्त मैदानको दर्शक क्षमता ३५ हजार छ । नेपाल र भारतबीचको खेल हेर्न १० अमेरिकी डलर (१३ सय २७ नेपाली रुपैयाँ देखी ५० डलर (६६ सय ३५ नेपाली रुपैयाँ) सम्म तोकिएको छ । यसअघि बिक्रीमा राखिएका सबै भिभिआईपी र भिआईपी टिकट सकिएका थिए । उक्त टिकट सकिएपछि पुनः बिक्रीमा राखेको छ ।
शुक्रबार दिउँसो ३ बजेसम्म १७ हजार ८ सय १० टिकट ब्रिकी हुन बाँकी छ । १० डलर राखिएको स्कोरबोर्ड क्षेत्रको ७ हजार ४ टिकट बिक्री हुन बाँकी छ । वेस्ट क्षेत्रमा १० डलर नै राख्दा ६ हजार ८ सय ९७ टिकट बिक्री हुन बाँकी छ ।
५० अमेरिकी डलर मूल्य राखिएको भिभिआईपी लेभल बी मा ३ सय ९२ टिकट बिक्री हुन बाँकी छ । साहि मूल्य राखिएको भिभिआईपी लेभल ए का ३ सय ९ टिकट बिक्री हुन बाँकी छ ।
भिआईपी टिकट मूल्य ४० डलर (५३ सय नेपाली रुपैयाँ) राखिएको भिआईपी बी का १४ सय २८ र भिआईपी ए का १७ सय ८० टिकट बिक्री हुन बाँकी रहेको पाकिस्तान किकेट बोर्डले जनाएको छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]