default_image

1 year ago

August 31, 2023

घरेलु टोली श्रीलंकाको विजयी सुरुवात

3203 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली श्रीलंकाले एसिया कपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका चरिथ असलंका ९२ बलमा ५ चौका र १ छक्कासहित ६२ रनमा नटआउट रहे । श्रीलंकाको सुरुवात भने राम्रो हुन सकेको थिएन । ओपनर पाथुम निसंका १४, दिमुथ करुणारत्ने १ र कुशल मेन्डिस ५ रनमा आउट भएका थिए ।

चौथो विकेटका लागि चरिथ र सदिरा समराविक्रमाले ७८ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । सदिरा ७७ बलमा ६ चौका ५४ रनमा आउट भए । दासुन शानका २१ बलमा १ चौकासहित १४ रनमा नटआउट रहे ।

बंगलादेशका कप्तान सकिब अल हसनले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए । तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एक एक विकेट लिए ।

त्यसअघि पालेकाले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ४२.४ ओभरमा १ सय ६४ रनमा अल आउट भएको थियो । बंगलादेशका नाज्मुल हसन शान्टोले १ सय २२ बलमा ७ चौकासहित सर्वाधिक ८९ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन । अन्तिम ६ विकेट ३७ रनमा गुमाउनु बंगलादेशको लागि भारी पर्यो ।

सान्टो स्पिनर महेश थिक्सेनाको बलमा एलबीडब्लू आउट भएपछि शतक बनाउन चुकेका थिए । एक समय बंगलादेश १२७(४ को अवस्थामा रहेपनि अन्तिम ६ विकेट मात्रै ३७ रनमा गुमाउन पुगेको थियो ।

ओपनर मोहम्मद नइम १६, तान्जिद हसन डक, कप्तान सकिब अल हसन ५, तोवहिद ह्दोय २०, मुश्फिकर रहिम १३, मेहेदी हसन मिराज ५, मेहेदी हसन ६ र मुश्ताफिजुर रहमान डक आउट भए ।

श्रीलंकाका तीव्र गतिका बलर मथिसा पाथिरानाले ७.४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । महेश थिक्सेना ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । धनन्जय डि सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले एक एक विकेट लिए । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् ।

पहिलो खेलमा पाकिस्तानले नेपाललाई२ सय ३८ रनले हराएको थियो । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । शीर्ष दुई टोली हरेक समूहबाट सुपर फोरमा पुग्नेछन् । अव शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.