default_image

1 year ago

August 31, 2023

पाकिस्तानविरुद्ध नेपालले गरेका पाँच प्रमुख गल्ती

9330 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमा अल आउट भएको थियो । नेपालका सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाएका थिए ।

पाकिस्तानका शादब खानले ६.४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसअघि मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । फिनिसर इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित इनिङ खेले ।

नेपालले आफ्नो क्षमता अनुसार पाकिस्तानविरुद्ध राम्रो गर्ने प्रयास गरेको हो । विश्वको नम्वर वान ओडिआई टोली पाकिस्तानविरुद्ध नेपालले आफ्ना केहि गल्तीलाई सुधार गरेको भए झनै राम्रो क्रिकेट खेल्न सक्थ्यो । नेपालले पाकिस्तानसँगको खेलमा गरेका पाँच गल्ती यस प्रकार छन् ।

५. सोमपाल र आरिफ बाहेक अन्य ब्याटरले धैर्यता नदेखाउनु

पाकिस्तानविरुद्ध नेपालका आरिफ शेख र सोमपाल कामी बाहेक अन्य कुनैपनि ब्याटरले क्रिजमा धैर्यता देखाउन सकेनन् । यदि धैर्यता देखाउन सकेको भने ब्याटिङमा नेपालले अझै राम्रो गर्न सक्थ्यो ।

कुशल भुर्तेलले तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका हानेका थिए । तर पाँचौं बलमा वाइड बलमा फस्न पुगे । रोहित पौडेललाई उनले उत्कृष्ट बल गरेका थिए ।

यस्तै किसिमको बलमा २०२१ को विश्वकपमा भारतका रोहित शर्मा फसेका थिए । आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुलशान झाले क्रिजमा केहि समय धैर्यता देखाउन आवश्यक थियो । आरिफ शेखले हरिस रौफको गतिको चाल पाउन नसक्दा बोल्ड आउट भएका थिए ।

एक समय १.४ ओभरमा १४-३ को अवस्थाबाट सोमपाल कामी र आरिफ शेखले चौथो विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । विश्वस्तरिय बलिङविरुद्ध कमजोर बलको फाइदा उठाएका थिए । त्यसरी नै अन्य ब्याटर खेल्नुपर्ने थियो ।
नेपाल एक समय १४.३ ओभरमा ७३-३ को अवस्थामा थियो । थप एक दुई राम्रो साझेदारीले नेपाल २ सय को आसपासमा पुग्न सक्थ्यो । तर आरिफ बोल्ड भएपछि अन्य ब्याटरले धैर्यता देखाउन सकेनन् । उक्त गल्ती नेपालले भारतसँगको खेलमा गर्नु हुँदैन ।

४.डेथ ओभर समस्या सुधार नगर्नु

डेथ ओभर बलिङ नेपालको लागि कुनै नौलो समस्या होईन । एक समय पाकिस्तान ४० ओभरमा २१३-४ को अवस्थामा थियो । तर नेपालले अन्तिम १० ओभर अर्थात डेथ ओभर बलिङमा १ सय २९ रन खर्चिदा २ विकेट लिएको थियो ।

ओडिआईमा नेपालबाट डेथ ओभरमा कुनैपनि टोलीविरुद्ध खर्चेको सर्वाधिक रन हो । यसअघि आइसिसी विश्वकप लिग-२ को अन्तिम खेलमा युएईविरुद्ध टियु मैदानमा नेपालले डेथ ओभरमा १ सय २१ रन खर्चिएको थियो ।

डेथ ओभरमा राम्रो गर्न सकेको भए नेपालले पाकिस्तानले ३ सय रनको आसपासमा रोक्न सक्थ्यो । डेथ ओभरमा नेपालले पुन गल्ती गरेको छ ।

३.ब्याटिङक्रम परिवर्तन

नेपालले लगातार ब्याटिङक्रम परिवर्तन गर्दै आएकोछ । ब्याटिङक्रम परिवर्तनसँगै खेलाडीको प्रदर्शनमा असर पर्छ । खराब ब्याटिङको एक कारण परिवर्तन ब्याटिङक्रम पनि हो ।

नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेल बाहेक अन्य सबै खेलाडीको ब्याटिङक्रम परिवर्तन गरेकोे थियो । चौथो नम्बरमा खेल्ने रोहित तेस्रो, छैटौंमा नम्बरमा खेल्ने आरिफ चौथो, तल्लोक्रममा खेल्ने सोमपाल कामी पाँचौं नम्बरमा खेलाएका थिए ।

पाँचौं नम्बरमा खेल्दै राम्रो प्रदर्शन गर्दै आएका कुशल मल्ल आठौं नम्बरमा खेलाएको थियो । कुशलले पाँचौं नम्बरमा खेल्दै एसिसी प्रिमियर कपमा ओमानविरुद्ध ५९ बलमै शतक हानेका थिए । लिग २ मा पनि राम्रो प्रदर्शन गरेका थिए ।

नेपालका प्रमुख क्लिनहिटर करणअघि सन्दीपलाई पठाएको थियो । ब्याटिङक्रम नियमितलाई निरन्तरता दिएको भए सायद नेपालले अझ राम्रो गर्न सक्थ्यो ।

२. बाबरलाई जीवनदान दिनु

बाबर वर्तमान विश्व क्रिकेटका ओडिआईका नम्बर ब्याटर हुन् । क्रिकेटका बादशाह मानिने बाबरलाई नेपालले २९ औं ओभरमा ५५ रनमा जीवनदान दिएको थियो । तीव्र गतिका बलर करण केसीले कट एण्ड बोल्ड गर्न चुकेका थिए । बाबर जस्ता खेलाडी विरलै गल्ती गर्दछन् । त्यो गल्तीको फाइदा उठाउन नकसके नेपालमात्रै होईन कुनैपनि टोलीलाई ठूलो भारी पर्छ ।

बाबरको त्यो समय विकेट आएको भए नतिजा अर्कै हुनसक्थयो । दबाबमा पाकिस्तानका अलराउन्डरले राम्रो क्रिकेट नखेल्न सक्थे । बाबरले केहि समय नेपाली बलर बुझ्न लिएका थिए । तर शतकपछि बाबरले पुरा खेलको मोमेन्ट नै परिवर्तन गरे । बाबरलाई जीवनदान दिनु नेपालको एक ठूलो गल्ती थियो । बाबरले किन नम्बर वान ब्याटर भन्ने नेपाली खेलाडीलाई राम्रो शिक्षा दिए ।

१. कमजोर फिल्डिङ

फिल्डिङ नेपालको अपेक्षा अनुसार रहेन । खेलाडी पहिलो पटक पाकिस्तान जस्ता ठूला टोलीसँग खेल्दाको मानसिक दबाब फिल्डमा स्पष्ट देखिन्थ्यो । विपक्षीको स्तर फरक थियो ।

तर नेपालले आफ्नो फिल्डिङ जुन सुकै विपक्षी टोली भएपनि उत्कृष्ट गर्नुपर्छ । फखार जमानलाई रोहित र मोहम्मद रिजवानलाई दीपेन्द्रले डाइरेक्ट थ्रोमा उत्कृष्ट रन आउट गरेका थिए । यी दुई रन आउट बाहेक नेपालको फिल्डिङ निकै खराब रह्यो ।

सुरुवातमै इमाम उल हकको क्याच प्वाइन्टमा आरिफ शेखले पाँच रनमा छाड्न पुगेका थिए । इमाम रन आउट हुँदा उक्त क्याच भारी परेन । २९ औं ओभरमा नेपालले बाबरलाई जीवनदान दिएको थियो ।

बाबरको जीवनदान नेपाललाई ठूलो भारी पर्यो । नेपालले बाउन्ड्री रोक्दा होस् वा बल थ्रो गर्दा । सबै फिल्डिङमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन । नेपालले गरेको सबैभन्दा ठूलो गल्ती कमजोर फिल्डिङ थियो । राम्रो फिल्डिङ गर्न सकेको भए सायद नतिजा अर्कै हुनसक्थ्यो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.