default_image

1 year ago

August 31, 2023

खड्का कर्णालीको अध्यक्षमा निर्वाचित

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पदम बहादुर खड्का निर्विरोध रुपमा निर्वाचित भएका छन् । अध्यक्ष पदम खड्का बाहेक अन्य सबै पदमा निर्विरोध रुपमा कार्यसमिति चुनिएका छन् । कर्णालीको पहिलो साधरण सभाले कार्यसमिति बनाएको हो ।

यसअघि राष्ट्रिय प्रतियोगितामा कर्णालीले आफ्नै टोली बनाएपनि लुम्बिनी प्रदेशसँग जोडिएर काम गर्नु परेको थियो । तर कर्णालीका चार जिल्ला दैलेख, सल्यान, रुकुम र कालीकोटले सदस्यता मान्यता पाएपछि आफ्नै प्रदेश बनेको हो ।
उपाध्यक्षमा खड्ग जङ शाही, सचीवमा श्रीधर के.सी र कोषाअध्यक्षमा सुर्य थापा चुनिएका छन् ।

सदस्यहरुमा सबिन हमाल, बुलन्द बाबू सेजवाल, दमन राज शाही, कुल प्रसाद ओली, बाल कुमार नकाल, प्रकाश भुसाल, पवन कुमार थापा, समुन्द्र शाही र मनोज नेपाली चुनिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनाव आगमी असोज पहिलो साता हुँदैछ । ४५ जिल्ला र ६ प्रदेशको चुनाव पनि सम्पन्न भएको छ । अव बागमती प्रादेशिक क्रिकेट संघको चुनाव हुन बाँकी छ । बागमती प्रदेशको चुनाव भदौ १५ माहुँदैछ । नेपालका सर्वाधिक सफल कप्तान पारस खड्का अध्यक्षमा बागमतीबाट लड्दै छन् ।

कोशी प्रादेशिक क्रिकेट संघमा सर्वजित पाण्डे, मधेश प्रादेशि संघको अध्यक्षमा सुनिल कुमार महासेठ, गण्डकी प्रादेशिक क्रिकेट संघमा सञ्जय कान्त सिंग्देल, लुम्बिनी प्रादेशिक संघको अध्यक्षमा सञ्जय गुरुङ, कर्णाली प्रादेशिक संघको अध्यक्षमा पदम खड्का र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशीले जितेका थिए । क्यानको केन्द्रिय चुनावमा कुल ८६ भोट छ । अध्यक्ष जित्नको लागि ४४ भोट आवश्यक पर्दछ ।

September 8, 2024

श्रीलंकाका सिल्भा र मेन्डिसको अर्धशतक

एजेन्सी – कप्तान ओली पोपको शतक बनाए पनि अन्य ब्याटर चल्न नसक्दा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्ड पहिलो इनिङमा ३ सय २५ रनमा अलआउट भएको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीका लागि यो सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ सय ५६ बलमा १ सय ५४ […]

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

Success

Thank you for your time.