default_image

1 year ago

August 31, 2023

सीताले बचाइन् नेपालको साख

7079 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई ८५ रनको मध्यम लक्ष्य दिएको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनायो ।

नेपालको सीता रानामगरले ५४ बलमा १ चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहिन् । सुरुवाती तीन बलमै तीन विकेट गुमाउँदै लज्जास्द सुरुवात गरेको अवस्थाबाट सीताले परिपक्क प्रदर्शन गर्दै नेपालको साख जोगएकी हुन् । सीतालाई नेपालले चार देशसम्मिलित महिला टि२०आई सिरिजमा तल्लोक्रममा ब्याटिङ गरेकी थिइन् ।

हङकङसँग फाइनलमा खेलमा भने भने सीतालाई ओपनिङ पठाएको थियो । तर खेल वर्षाले प्रभावित भएको थियो । घरेलु क्रिकेट र नेपाली क्रिकेटकी सर्वाधिक सफल ब्याटर सीता ओपनिङमा फर्किदा जिम्मेवारी रुपमा इनिङ सम्हाल्लेकी थिइन् ।

छैटौं विकेटका लागि सीता र अप्सरी बेगमले ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अप्सरी बेगम ३८ बलमा १ चौकासहित १७ रनमा आउट भइन् । पहिलो बलमै ओपनर काजोल श्रेष्ठ ऐना हामिजाहको बलमा मास एलिसाबाट क्याच आउट भइन् । लगत्तै अर्को बलमा सम्झना खड्का बोल्ड आउट हुन पुगेकी थिइन् ।

तेस्रो बलमा इन्दु बर्मा रन आउट हुन पुगेकी थिइन् । चौथो ओभरको पहिलो बलमा महिराह इजाती इस्मालले पुजा महतोलाई ५ रनमा बोल्ड आउट गरिन् ।

कप्तान रुविना क्षेत्री बेलबासे १३ बलमा २ चौकासहित १२ रनमा आउट भइन् । मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिइन् । महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक एक विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.