2 years ago
August 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामी ओडिआई क्रिकेटमा एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर बनेका छन् । सोमपालले एसिया कपमा पाकिस्तानविरुद्ध आफ्नो कीर्तिमान तोड्दै खराब इतिहास बनाएका हुन् ।
सोमपालले पाकिस्तानविरुद्ध १० ओभरमा १ मेडनसहित ८५ रन खर्चिए । त्यो ओडिआईमा कुनैपनि नेपाली बलरले खर्चिएको सर्वाधिक धेरै रन हो ।
यसअघि सोमपालले २०२२ मा पपुवा न्युगिनीविरुद्ध ९ ओभरमा ८१ रन खर्चिएर २ विकेट लिएका थिए । आइसिसी विश्वकप छनोटमा दुई महिना अघि करण केसीले वेस्टइन्डिजविरुद्ध १० ओभरमा ८१ रन खर्चेर १ विकेट लिएका थिए ।
आइसिसी विश्वकप लिग २ को अन्तिम खेलमा यसै वर्षको सुरुवातमा युएईविरुद्ध सन्दीप लामिछानेले १० ओभरमा ८० रन खर्चेर १ विकेट लिएका थिए । सन्दीपले विश्वकप छनोटमा जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चिएका थिए ।
त्यसअघि मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।
पाकिस्तानका बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित रहे ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]