2 years ago
August 30, 2023
सुबास हुमागाईं, काठमाडौं
नेपालले एसिया कप २०२३ मार्फत नेपाली क्रिकेट इतिहासकै नयाँ युगमा प्रवेश गर्दैछ । एक त विश्वकै शीर्ष वरीयतामा रहेको टोलीसँग प्रतिस्पर्धाका कारण नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय रचिनेछ । सँगसँगै पूर्व कप्तान एवं लामो समय नेपाली क्रिकेटको शीर्षक्रम धानेका ब्याटर ज्ञानेन्द्र मल्लको औपचारिक सन्न्याससँगै नेपाली क्रिकेट पूर्णत नयाँ युगमा प्रवेश गरेको मान्न सकिन्छ ।
ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेटको तीन युगलाई जोड्ने कडी बने । सन् २००० को दशकमा ज्ञानेन्द्र युवा राष्ट्रिय टोली हुँदै सिनियर राष्ट्रिय टोलीमा युवा खेलाडीको रुपमा प्रवेश गरे । २०१० को दशकमा ज्ञानेन्द्र टोलीको महत्त्वपूर्ण खेलाडी बन्दै पूरै दशक नेपाली ब्याटिङको मेरुदण्ड बने । २०२० को दशकमा नयाँ युगका खेलाडीसँग प्रतिस्पर्धा गर्दै २०२३ मा बिदाइ पनि लिए ।
प्राविधिक रुपमा निपुण ज्ञानेन्द्रले नेपालको शीर्षक्रममा ब्याटिङ गर्दा आधिकांश समय नम्बर ३ मै जिम्मेवारी निभाए । टोलीलाई संकट परेको अवस्थामा ओपनरको भूमिका पनि निर्वाह गरे । तर उनलाई सधैं नम्बर ३ को ब्याटरको जिम्मेवारी फाप्यो । उनको खेल्ने शैली र प्रदर्शनले पनि त्यो स्थानलाई न्याय दिएको थियो ।
ज्ञानेन्द्रले खेलेका ३७ मध्य २४ खेलमा तेस्रो नम्बरमै ब्याटिङ गरेका थिए । उनले ओडीआई करिअरको सर्वाधिक ७५ रनको इनिङ नामिबियाविरूद्ध सोहि स्थानमा खेल्दै बनाए । ओपनरमा १० र चौथो नम्बरमा २ पटक ब्याटिङ गरेका उनले ७ मध्य ५ अर्धष्ठ्क तेस्रो नम्बरमै बनाए । उनले २६.१७ को औसतमा ६ सय २ रन तेस्रो नम्बरमै बनाए ।
राष्ट्रिय टोलीमा पछिल्लो समय नम्बर ३ पोजिसनमा केही खेलाडी प्रयोग गरिएका छन् । ज्ञानेन्द्रको प्रदर्शन कमजोर भएपछि विगत दुई वर्षदेखि नै युवा खेलाडीलाई यो ठाउँमा खेलाइएको छ । तर प्रशिक्षकमा परिवर्तन र प्रदर्शनमा निरन्तर उतारचढावका कारण कुनै खेलाडीले यसलाई आफ्नो बनाउन सकेका छैनन् ।
पछिल्लो १० ओडीआई हेर्ने हो भने नेपालले ज्ञानेन्द्र मल्ल २, भीम सार्की ४, कुशल मल्ल ३ र गुलशन झालाई १ पटक नम्बर ३ मा उतारेको छ । गुलशन यूएईविरुद्ध प्रिमियर कपको फाइनलमा बायाँ हाते विकल्पका रुपमा अघि आएका थिए । उनी टोलीमा तेस्रो नम्बरमा आउने प्रतिस्पर्धामा छैनन् ।
ज्ञानेन्द्रबाहेक भीम ४ र कुशल मल्ल ३ पटक तेस्रो नम्बरमा आएका छन् । कुशलले यसक्रममा ४१ (जिम्बावे), ५ (यूएई) र १२* (पिएनजी) रन जोडेका छन् । भीमले २२ (नेदरल्यान्ड्स), २ (वेस्ट इन्डिज), ७७* (अमेरिका) र ३३ (ओमान) को प्रदर्शन गरेका छन् ।
त्यसो त ओडीआई बाहेक नेपालले अघिल्लो महिना एसीसी इमर्जीङ एसिया कप खेलेको थियो । जसमा देव खनालले यूएईविरुद्ध २४, भारत ए विरुद्ध १५ तथा अर्जुन साउदले पाकिस्तानविरुद्ध १७ रन जोडेका थिए । देव एसिया कपको टोलीमा नअटाउँदा अर्जुनको पनि खेल्ने सम्भावना कमजोर छ ।
नेपालले ओडीआई अन्तर्गत तेस्रो नम्बरमा देवलाई हालसम्म १० खेलमा प्रयोग गरेको छ । जसमा उनले उच्च स्कोर ७२ सहित २५.३ को औसतमा २ सय ५३ रनको योगदान दिएका छन् ।
कुशल मल्लले ६ खेलमा सर्वाधिक ४१ रनका साथ २०.२० को औसतमा १ सय १ रन बनाएका छन् । भीमले ४ खेलमा ७७* सर्वाधिक स्कोरका साथ ४४.६६ को औसतमा १ सय ३४ रन जोडेका छन् ।
भीमले घरेलु क्रिकेटमा पनि आर्मीका लागि मध्यक्रममा राम्रो खेल्दै आएका छन् । तर भीम तेस्रो नम्बर भन्दापनि तल्लो मध्यक्रममा संकटमोचकको रुपमा प्रयोग हुन सक्छन् । इमर्जिङ कपमा देव खनाललाई प्रयोग गर्दै प्रशिक्षक देशाइले दिर्घकालिन रुपमा तेस्रो नम्बरको समाधान खोज्ने प्रयास गरेका थिए । तर देवले सोचेजस्तो गर्न सकेनन् ।
हाललाई भीमको दावेदारी तेस्रो नम्बरमा बलियो छ । कप्तान रोहितले हालसम्म तेस्रो नम्बरमा ब्याटिङ नगरेपनि उनी टोलीका लागि विकल्प बन्न सक्छन् । चौथो नम्बरमा ब्याटिङ गर्दै आएका उनले मध्यक्रममा दीपेन्द्र, भीम, कुशल र आरिफलाई स्थान दिएर आफू माथि आउने सम्भावना पनि छ ।
एसिया कपलाई रोहित र भीम विकल्प रहेपनि दीर्घकालीन रुपमा भने नेपालले तेस्रो नम्बरको ब्याटर खोज्न जरुरी छ । देव खनाल त्यसका लागि नेपालको विकल्प हुन सक्छन् । ओडीआई खेल्दा अमेरिकी पिचमा अर्धशतक प्रहार गरेका देव अर्को वर्ष यू-१९ विश्वकपमा पनि सोहि पोजिसनमा खेल्नेछन् । यसले देव नेपालको दिर्घकालिन विकल्पको रुपमा थप परिस्कृत गर्ने अवसर हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]