1 year ago
August 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक रिभ्यु लिन पाउने भएको छ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्दा यदि अम्पायरको निर्णयमा यदि चित्त नबुझे नेपालका कप्तान रोहित पौडेल र ब्याटरले रिभ्यु लिन पाउनेछन् ।
बुधबारदेखी पाकिस्तान र श्रीलंकामा हुने एसिया कपमा डिआरएस (डिसिजन रिभ्यु सिस्टम) उपलब्ध हुनेछ । ओडिआईमा हरेक टोलीलाई इनिङमा दुई रिभ्यु दिइनेछ । अम्पायरको निर्णय आफूलाई गलत लागेको खण्डमा १५ सेकेन्ड भित्र रिभ्यु लिइसक्नु पर्ने हुन्छ ।
१५ सेकेन्ड पछि भने रिभ्यु लिन पाइदैन । यदि कप्तानको रिभ्यु लिने निर्णय सहि भएमा उक्त रिभ्यु बच्छ । तर रिभ्यु गलत सावित भएका काटिने गर्दछ । फिल्डिङमा कप्तानले रिभ्यु लिनु पर्ने हुन्छ । ब्याटिङमा जुन ब्याटरलाई आउट दिएको हो त्यसैले लिनुपर्ने हुन्छ ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक रिभ्यु लिन पाउनेछ । अम्पायरको गलत निर्णयको सामना गर्नुपर्ने छैन । थुप्रै पटक नेपाली खेलाडी अम्पायरको गलत निर्णयको शिकार बन्दै आएका छन् । नेपाल मात्रै होइन एसोसिएट क्रिकेटमा रिभ्यु नहुँदा ठूलो मारमा पर्दै आएका छन् ।
२०१८ मा ओडिआईमा डेब्यू गरेको नेपालले हालसम्म ५७ खेल खेलेको छ । ५७ ओडिआई खेलमा ३० मा जित, २५ मा हार, १ मा जित र १ मा नजिता विहीन अवस्था छ । नेपालले हालसम्म कुनैपनि प्रतियोगिता र खेल रिभ्यु भएको खेलेको छैन ।
रिभ्यु लिने प्रविधि प्रयोग गर्न निकै महँगो हुने हुँदा एसोसिएट टोलीले त्यो सुविधा पाउन सकेका छैनन् । तर एसिया कपमा भने त्यो सुविधा हुनेछ । पहिलो पटक नेपाली खेलाडी र ब्याटरसँग रिभ्यु उपलब्ध हुनेछ ।
नेपालले बुधबार पाकिस्तानसँग मुल्तान रंगाशालमा दिउँसो ३:१५ मा खेल्नेछ । भारतसँग भदौ १८ मा कान्डीमा खेल्नेछ । नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पुजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]