default_image

1 year ago

August 27, 2023

सन्दीप एसिया कप खेल्न जाने

2550 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार जाने भएका छन् । पछिल्लो एक वर्षदेखि १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका सन्दीप सोमबार बिहान पाकिस्तान जाने भएका छन् ।

आइतबार जिल्ला अदालत काठमाडौंमा पेसी हेर्दाहेर्दै नभ्याईनेमा रहेपछि सन्दीप सोमबार जाने भएका हुन् । सन्दीपका वकिल सरोज घिमिरेका अनुसार सन्दीप सोमबार बिहान पाकिस्तान जानेछन् ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप कतार हुँदै जाने बताएका छन् । ‘सन्दीपको बिहान ११ : २० कतार एरलाइन्सबाट दोहा हुँदै मुल्तान जानेछन्’, पाठकले हाम्रो खेलकुदसँग भने ।

नेपाली क्रिकेट टोली एसिया कप खेल्न मंगलबार राती पाकिस्तान गएको थियो । तर सन्दीप टोलीसँग गएनन् । एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बर सम्म हुनेछ ।

नेपाल, पाकिस्तान र भारत समूह ए मा छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.