default_image

2 years ago

August 27, 2023

एसिया कपमा नेपालको खेल तालिका, समय र रंगशाला बारे जानकारी

28098 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्दैछ । एसिया कप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरी सकेको छ । एसिया कप भदौ १३ देखी ३१ गते (३० अगष्ट देखी १७ सेप्टेम्बर) सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ ।

भारत आन्तरिक राजनीति र सुरक्षाको कारण पाकिस्तान जान नमानेपछि श्रीलंकामा खेलहरु हुनेछन् । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल भदौ १३ (अगष्ट३०) मा पाकिस्तानको मुल्तानमा खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा मुल्तान क्रिकेट रंगशालामा हुनेछ । उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ ।

नेपाल र भारतबीचको खेल भदौ १८ (सेप्टेम्बर ४) मा श्रीलंकाको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरुहुनेछ ।

नेपालले भारत र पाकिस्तानसँग दुबै खेल एकै समयमा खेल्नेछ । दुबै खेल डे नाइट हुनेछ । पाकिस्तानमा एसिया कपका चार खेल मात्रै हुनेछन् । अन्य सबै खेलहरु श्रीलंकामा हुनेछन् । एसिया कप आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप अघि एसियन टोलीको लागि तयारीको रुपमा छ ।

एसियन क्रिकेट काउन्सिलले एक एसोसिएट टोलीलाई एसिया कपमा ठूला टोलीसँग खेल्ने अवसर दिँदै आएको छ । नेपालले गत वैशाखमा घरेलु मैदान टियुमा एसिसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

May 2, 2025

नेपालको युके टुरको तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

Success

Thank you for your time.