1 year ago
August 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोक क्रिकेट संघ तदर्थ समितिको पहलमा इन्द्रावती गाउँपालिकाले एकनाथ नेपाललाई भारतमा प्रशिक्षण गराउने भएको छ । शनिबार एक कार्यक्रमकाबीच इन्द्रावतीले नेपाललाई विदाई गरेको छ ।
ब्याटिङ अलराउन्डर समेत रहेका उनले भारतमा एक महिना विशेष प्रशिक्षण गर्नेछन् । सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघले विशेष अभियान स्वरुप एक पालिका दुई खेलाडी प्रशिक्षण अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका युवा ब्याटिङ अलराउन्डर सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई भारतमा अभ्यास गर्न पठाएको थियो ।
नेपालले पनि काल्का क्रिकेट एकेडेमीमा पुनित मेहरासँग प्रशिक्षण गर्नेछन् । पुनितले नेपाल पोखरा प्रिमियर लिग विराटनगरबाट खेलि सकेका छन् ।
नेपाली टि२० फ्रेन्चाइज लिगमा सानदार प्रदर्शन गरि सकेका पुनित भारतीय चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफी अनुभव बटुलि सकेका छन् । दिल्लीबाट घरेलु क्रिकेट खेल्ने पुनितले ६ लिष्ट ए र १४ टि२० क्रिकेट खेलेका छन् ।
इन्द्रावती गाउँपालिकासँग दुई खेलाडीका लागि सम्झौता भएपनि एक खेलाडीको व्यक्तिगत कारणले दसैँ लगत्तै जानेछन् । जिल्ला क्रिकेट संघका अध्यक्ष विजय धितालले बाँकी एक खेलाडी जिल्लास्तरिय खेलेको इन्द्रावतीको नै पठाउने जानकारी दिए । उक्त खेलाडी अहिले पढाईको कारण जान नपाएको धितालले जानकारी दिए ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको खेलकुद विकासका लागि आफू सवै किसिमको सहयोग गर्न तयार रहेको र यो सहकार्य सुरुवात मात्र भएको बताए । इन्द्रावती गाउँपालिकाका प्रवक्ता शषिनाथ आचार्यले लुकेर रहेका प्रतिभालाई एकीकृत गरी समग्र जिल्ला क्रिकेटको उचाईलाई माथि बढाउने जिल्ला क्रिकेट संघको कार्यको प्रसंसा गरेका थिए ।
एकनाथ नेपाललाई विदाई गर्दै जिल्ला क्रिकेट संघका सदस्य प्रकाश सापकोटाले समग्र जिल्लाको क्रिकेट विकासका लागि जिल्ला एक पालिका दुई खेलाडी प्रशिक्षण कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास ब्यक्त गरे । विदाई कार्यक्रम इन्द्रावतीगाउँ कार्यपालिकाका प्रमुख सल्लाहकार डाल बहादुर सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो।
संघले वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) सँग सहकार्य गर्दै सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्गपाल गाउँपालिका करण स्याङ्बो र मेलम्ची नगरपालिका १ का निश्चल थापालाई बानेश्वरको शान्तिनगरमा ६ महिनाको निशुल्क प्रशिक्षणको व्यवस्था समेत मिलाएको छ ।
संघका अध्यक्ष विजय धितालले सिन्धुपाल्चोकमा क्रिकेट संस्कार बढाउन यस कार्य गर्दै आएको बताएका छन् । पछिल्लो समय धितालले सिन्धुपाल्चोकमा क्रिकेटलाई सक्रिय पार्दै आएका छन् । ग्रास रुट र जिल्ला क्रिकेट विकास गर्न तल्लोमुलपानी क्रिकेट मैदानमा दुई संस्करणको जिल्लास्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न गराई सकेका छन् ।
लगातार सक्रिय बनेसँगै सिन्धुपाल्चोकले चाँडैनै नेपाल क्रिकेट संघ(क्यान) को सदस्यता पाउने अनुमान गरिएको छ । बागमती प्रदेशमा ६ जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोटले मात्रै क्यानको जिल्ला सदस्यता मान्यता पाएका छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]